मुख्य समाचार

अाजकाे दाेस्राे खेल सुरूः फ्रान्स नकआउट चरणको यात्रामा ,पेरू दबाबमा

अाजकाे दाेस्राे खेल सुरूः फ्रान्स नकआउट चरणको यात्रामा ,पेरू दबाबमा

मस्काे । विश्वकप २०१८ अर्न्तगत समुह चरणको अाफ्नाे दाेस्राे खेलमा एक पटकको विश्व विजेताबीच आज राति प्रतिस्पर्धा भइरहेकाे छ । रुसको इक्टेरिनवर्ग स्टेडियममा नेपाली समयअनुसार आज राति ८ः४५ बजे खेल सुरु भएकाे छ । तुनात्मक रुपमा पेरुभन्दा फ्रान्स बलियो टीम मानिन्छ । यी दुई टोलीबीच यसअघिका विश्वकपमा भने भेट भएको छैन।

 

फ्रान्स

यसअघिको पहिलो खेलमा अष्ट्रेलियालाई २-१ले हराउँदै विजयी सुरूवात गरेको उपाधिको बलियो दाबेदार फ्रान्सलाई दोस्रो चरण प्रवेशका लागि स्पष्ट जित आवश्यक पर्छ।

 

फ्रान्ससँग जुनसुकै पोजिसनमा पनि खेल्ने राम्रा खेलाडीको कमी छैन। त्यसैले पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर देखिएको अस्ट्रेलियाविरुद्ध जितका लागि ठूलै संघर्ष गर्नुपरेको थियो।

 

उक्त खेलमा पाएको ३ अंकले फ्रान्सलाई आत्मविश्वासी बनाएको छ। र पेरूलाई हराउँदै फ्रान्स समूह चरण पार गर्न चाहन्छ। हार र बराबरीले फ्रान्सलाई अर्को खेलको नतिजा कुर्नु पर्ने हुन्छ। फ्रान्सले सन् १९९८ फिफा विश्वकपकमा ब्राजीललाई ३-० गोलअन्तरले पराजित गर्दै पहिलो उपाधि  जितेको हो । 

 

यी हुन् सम्भावित खेलाडि

गोलकिपर्स : हुगो लोरिस, स्टिभ मानदान्दा, आल्फोनस ओरेर्ला ।

डिफेन्डर्स : लुकास हर्मान्डेज, पेसर्नेल किम्पेम्बे, बेन्जामिन मेन्डी, एडिल रामी, डिजेब्रिल सिडिबी, स्यामुएल युमिटिटी, र्याफेल भारेनी, लेभिन कुरजवा, बेन्जामिन पर्भाड, एडिल रामी, डिजिब्रिल सिडाइब ।

मिडफिल्डर्स : एन गोलो कान्टे, ब्यासिसे माटिडी, स्टेभेन एन वोनजी, पल पोग्बा, कोरेटिन टुलिसो, थोमस लेमर ।

फवाडर्स : ओस्माने डेम्बेले, नबिल फेकिर, ओलिभर गिरोउड, एन्टोनी ग्रिजमानन, थोमस लिमार, किल्यन एमबीपाप्प, फ्रोरियन थाउभिन ।

 

पेरु

अाज पेरूको  मुख्य लक्ष्य पहिलो जित निकाल्दै दोस्रो चरणको सम्भावना जीवित राख्ने हो। सन् १९३० मा पहिलो पटक फिफा विश्वकपमा भाग लिएको पेरु पहिलो खेल डेनमार्कसँग १-० को गोलअन्तरमा पराजित भएको छ ।

 

समूह ‘सी’ मा पर्ने पेरु समुह चरणको दोस्रो पटकका लागि फ्रान्स विरुद्ध बिहिबार खेल मैदान उत्रिदै छ । त्यसैले पेरूले पनि फ्रान्सविरुद्ध जितकै लागि खेल्नेछ।

सन् १९८२ भएको मैत्रीपूर्ण खेलमा पेरूले फ्रान्सलाई १-० ले हराएको थियो। तर, विश्वकपमा फ्रान्स सन् १९७८ बाट दक्षिण अमेरिकी मुलुकसँग हारेको इतिहास छैन।

 

 यी हुन् सम्भावित खेलाडि

गोलकिपर्स : पेड्रो गालेस, कार्लास कासिडा, जोसे कार्भालो 

डिफेन्डर्स : एल्डो क्रोजो, लुइस एडभिनकुला, क्रिस्टियन रमोस, मिग्यल आर्जरो, अल्बर्टो रो ड्रिगयुग, एन्ड्रिसन सान्टामरिया, माइगुइल ट्रायुको, निल्सन लोयला 

मिडफिल्डर्स : रिनाटो तापिया, पेड्रो क्युनो, योसिमार योटुन, पाओलो अर्टा डो, क्रिस्टियन क्युइभा, एडिसन फ्ल्लोरेस, एन्डी पोलो, विल्डर कार्टाजिना
 
फवाडर्स : एन्ड्री कार्रिलो, रावल राउडिएज, जेर्पसन फारफ्यान, पउलो ग्युरेरो ।
 

विशेष