मुख्य समाचार प्रदेश ४

मुख्यमन्त्री गुरुङकाे अाराेपः केन्द्रीय सरकारकाे मानसिकता पञ्चायती शैलीबाट प्रभावित

'सिहांदरबारको अधिकार गाउँ गाउँमा आयो भनियाे तर व्यवहारमा विभेद छ'

मुख्यमन्त्री गुरुङकाे अाराेपः केन्द्रीय सरकारकाे मानसिकता पञ्चायती शैलीबाट प्रभावित

पर्वत । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्रीय सरकारको काम गर्ने शैली पञ्चायती मानसिकताबाट प्रभावित भएको आरोप अगाएका छन्।

 

शनिबार बिहान बागलुङ नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मुख्यमन्त्री गुरुङले यस्तो आरोप लगाएका हुन्। मुख्यमन्त्री गुरुङले साधन र स्रोतको न्यायोचित वितरण नहुँदा प्रदेश सरकारलाई काम गर्न कठिन भएको बताए।

 

केन्द्रीय सरकारले प्रदेश र स्थानीय तहलाई हेर्ने दृष्टिकोण न्यायोचित नभएकोले केन्द्रको विकास भएर मात्र स्थानीय तहको विकास नहुने तर्क गरे। मन्त्री गुरुङले सिहांदरबारको अधिकार गाउँ गाउँमा आयो भने पनि व्यवहारमा भिन्नता भएको दाबी गरे। 

 

सिहांदरबारको अधिकार गाउँगाउँमा उपलब्ध गराउन साधन र सोत उपलब्ध गराउनुपर्ने र राज्य सत्तामा सबैको हक बराबर हुनुपर्ने पनि बताए।  मुख्यमन्त्री गुरुङले प्रदेश सरकारको प्राथमिकतामा पर्यटन, कृषि, उर्जा, जलस्रोत र उद्योग लगायतका क्षेत्र रहेको स्पष्ट पारे। 

 

प्रदेश ४ अन्तर्गत ११ जिल्लामा सबै क्षेत्रको विकास बराबर नभएकोले प्रदेश सरकारले गरिबी निवारण, कृषि क्षेत्रको विकास र उत्पादनशील क्षेत्रमा लगानी गर्ने योजना बनाएको बताए।  
 

प्रदेश ४ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ केन्द्रीय सरकार

विशेष