व्यापार अर्थ मुख्य समाचार प्रदेश ३

धुलिखेल अस्पतालको फार्मेसीमै म्याद गुज्रिएको औषधि

धुलिखेल अस्पतालको फार्मेसीमै म्याद गुज्रिएको औषधि

काभ्रे । जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासनको संयुक्त अनुगमन टोलीले आज गरेको अनुगमनका क्रममा धुलिखेल सामुदायिक अस्पतालमा म्याद गुज्रिएको औषधि भेट्टएिको छ । उक्त  टोलीले धुलिखेल सामुदायिक अस्पतालको फार्मेसीबाट म्याद गुज्रिएको औषधी फेला पारेको हो ।


अनुगमनका क्रममा धुलिखेल सामुदायिक अस्पतालको फार्मेसीबाट मानसिक रोगका लागि प्रयोग हुने औषधि इटाट्रम ५ एम्जी तीस वटा ट्यावलेट म्यद गुज्रिएको भेटिएको अनुगन टोलीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । 


बजारमा मनोमानी रुपमा मापदण्ड विपरित सञ्चालन गरिएका फार्मेसीमा यस्ता औषधी बिक्रि भइरहेको धेरै गुनासो आएपछि यस्ता फार्मेसीको अनुगमन र नियमन तर्फ लागिएको सहायक प्रमुख जिल्ला अधिकारी  थापाले बताए ।  अनुगमनका क्रममा यसरी म्याद ग्ज्रिएको औषधी फेला परेपछि उक्त फार्मेसीमा रहेको औषधी जफत गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत नन्नराज वस्तीले जानकारी दिए । 

 

यता धुलिखेल अस्पतालका फार्मेसी प्रमुख हिरामान शंखरले गलत नियतले औषधी बिक्री कक्षमा म्याद गुज्रिएको औषधी नराखिएको जिकिर गर्दै एक्सपार भएको औषधि छुट्टाएर राख्ने क्रममा यहि छुटेको हुन सक्ने बताए । 

औषधि फार्मेसीमै

विशेष