खेल मुख्य समाचार

मेस्सीलाई २१ महिना जेल सजाय, झन्डै २४ करोड रुपैयाँ जरिवाना

मेस्सीलाई २१ महिना जेल सजाय, झन्डै २४ करोड रुपैयाँ जरिवाना

ऐजेन्सी । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय समूह (आइसिआइजे) ले बुधबार राति सार्वजनिक गरेको पनामा पेपर्स- २ मा अर्जेन्टिनी फुटबलर लियोनल मेसी पनि परेका छन्। दुई वर्षअघि पहिलो पटक पनामा पेपर्स सार्वजनिक हुँदा पनि मेसी कर छलीमा संलग्न भएको उल्लेख गरिएको थियो।

 

आइसिआइजेले मोसेक फोन्सेका नामको बिचौलिया ल फर्मबाट पाएको कागजातमा मेसी र उनका बुवा जोर्जे होरासियो मेसी करी छलीमा संलग्न भएको खुलेको जनाएको छ।

 

दुई वर्षअघि पनामा पेपर्समा मुछिएपछि मेसीमाथि स्पेनले छानबिन गरेको थियो। मेसीले भने उनले कर छल्न प्रयोग गर्ने भनिएको अफसोर कम्पनी मेगा स्टार इन्टरप्राइजेज पूर्ण निष्क्रिय भएको प्रतिक्रिया दिएका थिए।

 

बार्सिलोनामा व्यावसायिक फुटबल खेल्ने मेसीलाई स्पेनको एक अदालतले २१ महिना जेल सजाय झन्डै २४ करोड रुपैयाँ (२ मिलियन युरो) जरिवाना पनि तोकेको थियो।

लियोनल मेसी

विशेष