मनोरञ्जन चाडै आउदैछ

कमेडी, प्रेम र बदलाले भरिएको ‘पण्डित बाजेको लौरी’(ट्रेलरसहित)

कमेडी, प्रेम र बदलाले भरिएको ‘पण्डित बाजेको लौरी’(ट्रेलरसहित)

काठमाडौं। अधृत फिल्मस् प्रालिको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘पण्डित बाजेको लौरी’को ट्रेलर रिलिज भएको छ । बादी जातिको ‘बादी प्रथा’ र पण्डितहरुको ‘पण्डीत्याई’को विषयबस्तुमा निर्मित चलचित्रको ट्रेलरमा कमेडी, प्रेम, बदला, आक्रोस, पश्चाताप, द्वन्दका दृश्यहरुलाई प्रस्तुत गरिएको छ।

 

दीपक ओली निर्देशित चलचित्रमा बादीले जीविकोपार्जनको लागि मादल बनाउछन् । भने, बदेनीले आफ्नो शरीर बेच्ने गर्दछन् । तल्लो जात भनेर हेपिने बदिनी र समाजको ठुलो जात पण्डितविचको सम्वन्धलाई चलचित्रमा प्रस्तुत गरेको चलचित्र निर्माण युनिटले बताएको छ। चलचित्रमा विजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदेनी’ (स्थानीय भाषामा बादी समुदायको स्त्रीलाई गरिने सम्बोधन) भूमिकामा छन् ।

 

महेश दवाडीको कथा/पटकथा/ संवाद, विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत रहेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र साउन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ।

नेपाली सिनेमा पण्डित बाजेको लौरी

विशेष