खेल

अर्जेन्टिना हार्नुको कारणः कमेन्टेटर भन्छन्, प्रशिक्षक सामपाओलीले हराए मेस्सीले हैन !

अर्जेन्टिनाको पराजयमा गल्ती मेस्सीको कि कोच सामपाओलीको ?

अर्जेन्टिना हार्नुको कारणः कमेन्टेटर भन्छन्, प्रशिक्षक सामपाओलीले हराए मेस्सीले हैन !

एजेन्सी । समकालिन विश्व फुटबलमा सम्भवतः लिओनल मेस्सी सर्वाधिक लोकप्रिय खेलाडी हुन् । विश्वका महान खेलाडीहरु समेत मेस्सीको खेलबाट प्रभावित छन् ।

 

तर रुसमा जारी विश्वकप फुटबलमा क्रोएसियासँग अर्जेन्टिनाको पछिल्लो खेल नै मेस्सीका लागि सम्भवतः अन्तिम विश्वकप हुनसक्ने अनुमान गरिएको छ ।

 

अर्जेन्टिनाको कमजोर प्रदर्शनसँगै यस पटकको विश्वकपबाट अर्जेन्टिना बाहिरिने प्रवल सम्भावना छ । यससँगै मेस्सी र अर्जेन्टिनाको खेल समिक्षा हुन थालेको छ ।


कसको कमजोरी ?
अर्जेन्टिनाको कमजोर प्रदर्शनीमा कसको मुख्य दोष रह्यो भनी वाद विवाद नै भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यममा अहिले पनि मेस्सी साँच्चिकै कमजोर खेलाडी हुन् वा अर्जेन्टिनाको टीम नै कमजोर ? भन्ने बहस जारी छ ।


प्रशिक्षकको गल्ती
यसअघिको विश्वकपमा फाइनलसम्म पुर्याएका अर्जेन्टिनी प्रशिक्षक सामपाओलीको यसपटक भने आलोचना भएको छ । प्रभावशाली कमेन्टेटरहरुले समेत सामपाओलीले राम्रो ‘टीम अप’ गर्न नसकेको भन्दै आलोचना गरे ।

 

खेलको पहिलो हाफमै प्रभावशाली खेलाडी अग्गुइरोलाई बेन्चमा राखेर अन्य खेलाडी मैदानमा उतारेका सामपाओलीले खेलको ‘स्ट्राटेजी’ बनाउन नसकेको आलोचना भएको हो ।

 

उनले खेल अवधिभर थुप्रै सुविधा प्राप्त हुँदा समेत खेलको नयाँ उपाय निकाल्न सकेनन् भन्ने आलोचना उनलाई धेरै भएको छ । साथै क्रोएसियाको खेल आंकलन गर्न नसक्नु पनि अर्जेन्टिनाको गल्ती भएको टिप्पणी भयो ।

 

यसबाहेक केही कमेन्टेटर भने टीम क्याप्टेन मेस्सीकै बढी दोष देख्दैआएका छन् । उनले राम्रो खेल निकाल्न नसकेको उनीहरुको प्रतिक्रिया छ । 

 

आखिर अर्जेन्टिनाको कमजोर प्रदर्शनका बीच सबैभन्दा बढी आलोचना टीम कोच सामपाओली र क्याप्टेन मेस्सीमाथि भएको छ । यसबाहेक मेस्सीलाई टीमको राम्रो साथ नभएको धेरैको टिप्पणी छ ।


कमजोर अर्जेन्टिना, कमजोर मेस्सी
मेस्सीसँग यसपटकको विश्वकपमा विशेष अपेक्षा थियो । उनकै नेतृत्वमा अर्जेन्टिनाले विश्वकप उपाधि हात पार्ने अपेक्षा धेरैको थियो । यसअघि फाइनलमा हार्नुपरेको पीडा अब चुक्ता गर्ने बुझाइ पनि थियो ।

 

तर फुटबल इतिहासमै मेस्सीको विश्वकपबाट बहिर्गमन दुखद् हुने लक्षण देखिएको छ । अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँग बारम्बार तुलना गर्दै मेस्सी रोनाल्डो भन्दा कमजोर भनी मुल्यांकन गरिँदैछ ।

 

जब कि, अहिलेसम्म रोनाल्डोले ४ गोल गरिसके भने मेस्सीले १ गोल समेत नगरी बाहिरिने तयारीमा छन् । कमजोर टीमका साथ मेस्सीले समेत अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि मेस्सीसँग धेरै प्रशंसक दुखी बनेका छन् ।
 

 

मेस्सी अर्जेन्टिना

विशेष