खेल मुख्य समाचार

अाजका चम्किला खेलाडी

अाजका चम्किला खेलाडी

बेल्जियमका प्ले मेकर इडन हजार्डको लक्ष्य नकआउट चरण हो । पानामामाथि ३–० को जित निकाल्दा उनले रामेलु लुकाकुलाई सटीक पास उपलब्ध गराएका थिए ।

 

बलमाथिको नियन्त्रण, विपक्षी डिफेन्स रणनीति, डिबक्सभित्र बल पाउँदा हजार्ड रणनीतिअनुरूप बल पास दिन्छन् । सन् २०१२ मा इंग्लिस क्लब चेल्सीमा आबद्ध भएपछि हजार्डले अहिलेसम्म ८९ गोल गरेका छन् ।

 

 

इंग्लिस प्रिमियर लिगमा उनी दुईपटक क्लबकै उत्कृष्ट खेलाडी बनिसकेका छन् । सन् २००८ मै राष्ट्रिय टोलीमा डेब्यु गर्दा हजार्ड केवल १७ वर्षका मात्र थिए ।

 

निरन्तर रूपमा राष्ट्रिय टोलीमा रहेका हजार्डले रसिया विश्वकप छनोटका ८ खेलमा ६ गोल गरेका थिए । अहिलेसम्म राष्ट्रिय टोलीबाट उनले ८६ खेलमा २२ गोल गरेका छन् । सिनियर र जुनियरको मिश्रित टिम बेल्जियमले हजार्डबाट धेरै आशा गरेको छ ।


जाभियर हर्नान्डेज
मेक्सिको, स्ट्राइकर

मेक्सिकोको राष्ट्रिय टिमबाट सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने थोरै व्यक्तिमा जाभियर हर्नान्डेज पर्छन् । फिफाले आयोजना गर्ने लगभग सबै ठूला प्रतियोगितामा जाभियरले प्रतिस्पर्धा गरेका छन् । मेक्सिकोका धेरै अनुभवी खेलाडी जाभियर दक्षिण कोरियाविरुद्ध निर्णायक बन्न सक्छन् ।

 

साबिक विजेता जर्मनीमाथि १–० को जित निकालेका कप्तान हर्नान्डेजले अहिलेसम्म एक सय तीन अन्तर्राष्ट्रिय खेलमा ४९ गोल गरेका छन् ।

 

नौ वर्ष लगातार राष्ट्रिय टोलीमा परेका हर्नान्डेज धेरै समयसम्म ठूलो युरोपियन क्लबबाट आबद्ध हुन सकेनन् । यद्यपि, म्यानचेस्टर युनाइेटड, रियल म्याड्रिड तथा बार्यन लेभरकुसेनजस्ता चर्चित क्लबमा खेलिरहेका उनी हाल प्रिमियर लिग वेस्टह्यामबाट खेल्छन् ।


थोमस मुलर 
जर्मनी, स्ट्राइकर

सम्भवतः थोमस मुलर अन्तिम विश्वकप फुटबल प्रतियोगिता खेलिरहेका छन् । प्रशिक्षक जोचिम लोको राष्ट्रिय टिम निर्माणमा थोमस पनि एक प्रमुख खेलाडी हुन् ।

 

यद्यपि, मेक्सिकोसँगको पहिलो खेलमा थोमसले खासै जादु देखाउन नसके पनि दोस्रो खेलमा आफ्नो प्रदर्शनमा कमी नआउने विश्वास राखेका छन् । दोस्रो खेलमा पनि रामो नतिजा आएन भने जर्मनीको भविष्य खतरामा पर्न सक्छ ।

 

यसकारण पनि थोमस आफू शतप्रतिशत योगदान दिन चाहन्छन् । सन् २०१० देखि टिममा रहेका थोमसले अहिलेसम्म ९२ खेलमा ३८ गोल गरेका छन् । उनले वायर्न म्युनिखबाट दुई सय ८६ खेलमा एक सय चार गोल गरेका छन् । नयाँ पत्रिकाबाट ।

विश्वकप बेल्जियम

विशेष