खेल मुख्य समाचार

जर्मनीलाई अाज गर या मरको अवस्था

जर्मनीलाई अाज गर या मरको अवस्था

विश्वकपको साबिक च्याम्पियन जर्मनी अहिले ठूलो दबाबमा छ । समूह ‘एफ’को पहिलो खेलमा मेक्सिकोसँग पराजित भएपछि जर्मनी गर या मरको अवस्थामा पुगेको छ । दोस्रो खेलमा जित निकाल्नैपर्ने चुनौतीमा जर्मनी शनिबार स्विडेनविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।


छवि कायम राख्ने चुनौती
जर्मनीले स्विडेनविरुद्ध आफूलाई सधैँ बलियो राख्दै आएको छ । जर्मनी १९८८ यता स्विडेनसँग पराजित नभएकाले आफ्नो सोही छविलाई शनिबार निरन्तरता दिनु जर्मनीसामु पहिलो चुनौती हुनेछ । पहिलो खेलमा पराजित भएपछि जर्मनी दबाबमा छ ।

 

तर, दक्षिण कोरियालाई हराएर ३ अंक हासिल गरेकाले स्विडेन जर्मनीविरुद्ध विनादबाब मैदानमा उत्रनेछ, जसको फाइदा स्डिेनले उठाउन सक्छ । १९८८ यता भएका ७ भिडन्तमा जर्मनीले ५ मा जित निकालेको छ भने २ मा स्विडेनले बराबरी गरेको छ । पछिल्लोपटक यी दुईबीच २०१३ मा प्रतिस्पर्धा भएको थियो, जसमा जर्मनी ५–३ ले विजयी भएको थियो । 

जर्मनी विश्वकप

विशेष