स्वास्थ्य

सुत्दाखेरी मुखबाट र्‍याल चुहिनुकाे कारण के हाे ? राेक्ने कसरी ?

सुत्दाखेरी मुखबाट र्‍याल चुहिनुकाे कारण के हाे ? राेक्ने कसरी ?

काठमाडौ ।  मुखबाट र्‍याल निस्कनु राम्रो कुरा हो किनकि र्‍‍यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै र्‍याल आउँछ । 

उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर र्‍याल बन्छ । कुनै खानेकुराको एलर्जी हुँदा वा औषधिले गर्मी गराउँदा र्‍याल चुहिन्छ । 



यस्तो समस्या हुँदा तकिया पनि फोहर हुन्छ अनि सँगै सुतेको मानिसका अगाडि लाजमर्दो पनि हुन्छ । यहाँ हामी त्यसको उपचार बताउँदैछौं ।


तुलसीको पात
रातिको खानामा नपच्ने खानेकुरा नखानुस् । अनि सुत्नुअघि  दुईतीन तुलसीको पात चपाउनुस् र अलिकति पानी पिउनुस् । दुईतीन दिनसम्म यो उपाय गर्नुभएमा र्‍याल चुहिन छोड्छ । 


फिटकिरी
फिटकिरीको पानीले पनि र्‍यालको समस्याबाट छुटकारा दिलाउँछ । सुत्नुअघि यस्तो पानीले कुल्ला गर्दा मुखमा र्‍याल बन्न पाउँदैन । 


दालचिनी
दालचिनीको चियाले पनि र्‍याल चुहिने समस्यालाई हटाउँछ । दालचिनीको चियामा मह मिसाउनुभएमा अन्य स्वास्थ्य समस्यामा पनि राहत पाइन्छ । 


अमलाको धूलो
अमलाको धूलो मनतातो पानीमा हालेर पिउँदा पनि राति र्‍याल चुहिने समस्या आउँदैन । यसले पेट पनि ठीक राख्छ र एसिडिटीको समस्या पनि आउन दिँदैन । 

एजेन्सी

मुखबाट र्‍याल एलर्जी

विशेष