खेल मुख्य समाचार

सेनेगल भर्सेस जापानः बलियो सेनेगलविरुद्ध जापानलाई दबाब

सेनेगल भर्सेस जापानः बलियो सेनेगलविरुद्ध जापानलाई दबाब

मस्को । विश्वकपअन्तर्गत समूह (एच) मा रहेका जापान र सेनेगलले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । रसियाको इकाटेरिन्बर्ग रंगशालामा जापान र कोलम्बियाबीचको खेल नेपाली समयअनुसार ८ः ४५ बजे हुनेछ ।


पहिलो खेलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी कोलम्बियालाई हराएर इतिहास कायम गरेको जापानले सेनेगललाई हराएमा विश्वकपमा पहिलो दुई खेल जित्ने एसियाली मुलुकको कीर्तिमान कायम गर्नेछ । 

सेनेगलविरुद्धको जितले जापान एक खेल अगावै नकआउट चरणमा समेत स्थान बनाउनेछ । पहिलो खेलमा जित हात पारेका दुवै टिमका लागि आजको तीन अंकले नकआउट चरणको यात्रा सुनिश्चित गराउनेछ । 


खेलको तेस्रो मिनेटमै १० खेलाडीमा सीमित बनेको कोलम्बियाविरुद्ध जित हात पारेको जापानलाई सेनेगलसँगको खेल भने त्यति सहज हुनेछैन । जापानलाई आजको खेलमा सेनेगलको काउन्टर अट्याक राम्रैसँग झेल्नु पर्नेछ ।


आमने सामने 

जापान र सेनेगल अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलमा तीन पटक आमने सामने भएका छन् । कुनै पनि खेलमा जापानले सेनेगलमाथि जित हात पार्न सकेको छैन । तीन खेलमा दुई खेल सेनेगलले जितेको थियो भने एक गोल बराबरीमा सकिएको थियो । यी दुई टिमको अन्तिम खेल सन् २००३ मा भएका थियो । मैत्रीपूर्ण खेलमा सेनेगलले जापानलाई १–० ले पराजित गरेको थियो ।

 
म्याच फ्याक्ट्स

–अहिलेसम्म कुनै पनि एसियाली टिमले विश्वकपको पहिलो दुई खेलमा लगातार जित हात पार्न सकेको छैन ।

–सन् २००२ पछि जापानले लगातार दुई खेल जित्न सकेको छैन । आफ्नै भूमिमा भएको त्यो संस्करणमा जापानले दोस्रो र तेस्रो खेलमा क्रमशः रसिया र ट्युनिसियालाई हराएको थियो ।

–पछिल्लो नौ खेलमा सेनेगलले जम्मा पाँच गोलमात्र खाएको छ, जसमा उसले पाँच जित, तीन बराबरी र एक हारको नतिजा निकालेको थियो ।

–सन् २००२ पछि कुनै पनि अफ्रिकी टिमले विश्वकपमा पहिलो दुई खेल जितेको छैन ।


 

खेल विश्वकप जापान सेनेगल

विशेष