अपराध सुरक्षा समाज देश

नेपालका प्रहरी अधिकृत विश्वमै अब्बल

नेपालका प्रहरी अधिकृत विश्वमै अब्बल

काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिण कोरियामा सञ्चालन गरेको अन्तर्राष्ट्रिय तालिम युनाइटेड नेसन्स चाइल्ड प्रोटेक्सन कोर्समा सहभागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृतहरू अब्बल ठहरिएका छन् ।


सो तालिममा नेपाल प्रहरीका उपरीक्षक सन्दीप भण्डारी र सशस्त्र प्रहरीका नायब उपरीक्षक सुरेश गैरेको समूह प्रथम भएको छ ।

विश्वका विभिन्न मुलुकबाट छानिएर आएका २२ जना वरिष्ठ अधिकृतमा नेपालबाट सहभागी समूहले सबैलाई पछि पारेको हो । प्रहरी उपरीक्षक सन्दीप भण्डारी नेपाल प्रहरीमै इमानदार तथा उत्कृष्ट छवि बनाएका अधिकृतमा चिनिन्छन् ।

 

हाल नक्सालस्थित १ नम्बर सशस्त्र प्रहरी गणमा गणपतिका रूपमा कार्यरत भण्डारीले यसअघि मोरङ जिल्लामा रहँदासमेत निकै ख्याति कमाएका थिए ।

 

जिल्लाको समग्र शान्ति सुरक्षामा प्रभावकारी कार्य गरेका भण्डारीलाई मोरङमा अहिले पनि सम्झने प्रशस्तै छन् । त्यसभन्दा अघि लमजुङलगायत प्रहरी मुख्यालयको कर्मचारी प्रशासन प्रमुख रहँदासमेत संगठनलाई आवश्यक नीति निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेका कारण पटकपटक सम्मानित गरिएको थियो ।

 

सशस्त्र प्रहरीबाट सहभागी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश गैरे पनि सशस्त्र प्रहरीका निकै क्षमतावान् अधिकृतको छवि भएका अफिसर हुन् ।

राजधानी दैनिकले समाचार छापेकाे छ ।

नेपाल प्रहरी सशस्त्र प्रहरी

विशेष