मुख्य समाचार

१ हजार ६ सय ६८ सरकारी कर्मचारीले नियम उल्लंघन गरे

उल्लंघन गर्नेमा मन्त्रालयकै कर्मचारी धेरै 

१ हजार ६ सय ६८ सरकारी कर्मचारीले नियम उल्लंघन गरे

काठमाडौं । सरकारी कार्यालयका कर्मचारीहरुले नै नियम पालना नगरेपछि आम नागरिकबाट कस्तो आशा गर्ने ? राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको रिपोर्टका अनुसार १ हजार ६ सय ६८ कर्मचारीले नियम उल्लंघन गरेका छन् ।

 

सतर्कता केन्द्रले आर्थिक वर्ष २०१७–०१८ भरी समयमै कार्यालय उपस्थित नहुने, पोशाक नलगाउने लगायत नियम उल्लंघन गर्ने १ हजार ६ सय ६८ कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको हो ।

 

केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालका अनुसार आर्थिक वर्ष २०१७–०१८ मा विभिन्न ८ सय १९ कार्यालयमा अनुगमनको क्रममा यसरी नियम उल्लंघन गर्ने कर्मचारी भेटिएका हुन् ।

 

तिमध्ये १ हजार १ सय १९ कर्मचारी समयमै काम नगर्ने र ५ सय ४९ कर्मचारी कार्यालय पोशाक नलगाएको अवस्थामा भेटिएको अर्यालले बताए ।

 

साथै शिंहदरबारभित्रै रहेका सरकारी कार्यालय तथा मन्त्रालयमै रहेका धेरै कर्मचारीले यसरी नियम उल्लंघन गरेको रिपोर्टमा उल्लेख छ ।

 

अर्यालका अनुसार शिंहदरबारमा रहेका ४३ कार्यालयमा अनुगमन गर्दा १ सय ८८ कर्मचारीले समयमा काम नगरेको र २ सय ८० कर्मचारीले पोशाक नलगाएको अवस्थामा भेटिएका थिए ।

रासस

 

सरकारी कर्मचारी नियम उल्लंघन

विशेष