मुख्य समाचार

दाहाल नयाँ शक्ति छाेडेर विवेकशील साझामा आबद्ध

दाहाल  नयाँ शक्ति छाेडेर विवेकशील साझामा आबद्ध

काठमाडाैं । नयाँ शक्ति पार्टी नेपाल परित्याग गरेका नेता केशव दाहाल विवेकशील साझा पार्टीमा आबद्ध भएका छन् । केहीअघि नयाँ शक्ति छाेडेर रहेका दाहाल विवेकशील साझामा प्रवेश गरेका हुन् ।

 

यसका लागि विवेकशील साझाका नेता रवीन्द्र मिश्रले ट्रवीटर मार्फत बधाइ तथा शुभकामना दिइसकेका छन् ।  दाहालले नयाँ शक्ति पार्टीबाट वैकल्पिक राजनीतिको पहल गरेकाे तर त्यहाँबाट उक्त लक्ष्य हासिल हुनै नसक्ने देखेपछि परित्याग गरेकाे अाफ्नाे राजीनामापत्रमा उल्लेख गरेका थिए ।

 

दाहालले वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै देशको रूपान्तरण गर्ने आफ्नो प्रयास विवेकशील साझासँगको सहयात्राबाट टुङ्गोमा पुग्ने आशा बढेको बताएका छन् । पछिल्लाे समय नयाँ शक्ति पार्टी परित्याग गर्नेकाे संख्या बढ्दाे छ । यससँगै नयाँ शक्तिका देशभरका संगठन निस्क्रिय बनेका छन् ।

 

दाहालले राजनीतिक संगठनकाे कामसँगै स्वतन्त्र रूपमा राजनीतिक विश्लेषण पनि गर्दैअाएका छन् । दाहाल डा. बाबुराम भट्टरार्इका निकटस्थ नेता मानिन्थे । यद्पि पार्टी कमजाेर र अलाेकप्रिय बनेकाे भन्दै पार्टीभित्र उनले गुनासाे गर्दैअाएका थिए ।

 

 

 

 

केशव दाहाल नयाँ शक्ति विवेकशील साझा

विशेष