व्यापार अर्थ मुख्य समाचार समाज प्रदेश ३

उपत्यकाका २३ दूध डेरीमा भेटियो हानिकारक जीवाणु 

उपत्यकाका २३ दूध डेरीमा भेटियो हानिकारक जीवाणु 

काठमाडौं ।  उपत्यकाका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ । कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमा १५ दिनअघि (जेठ २८) संकलन गरिएका ४२ वटा दूधका नमुनामध्ये ३३ वटामा हानिकारक जीवाणु फेला परेको हो ।

बबरमहलस्थित खाद्य तथा प्रविधिमातहतको केन्द्रीय प्रयोगशालाका अनुसार अन्तर्राष्ट्रियस्तरको खाद्य सुरक्षा व्यवस्थापन प्रणालीमा आधारित आईएसओ प्रमाणीकरण गरिएको सरकार स्वामित्वको दुग्ध विकास संस्थानसहित २३ वटा निजी तथा सामुदायिक डेरीको दूधमा कोलिफर्म फेला परेको छ।

 

मन्त्रालयद्वारा जारी रिपोर्टअनुसार आधुनिक डेरी बालाजु (आधुनिक), गल्फु विनायक डेरी काभ्रे (अलिसाज), आकृति दुग्ध तथा कृषि बालकोट (अनमोल), जयश्री डेरी काभ्रे (अपर्ण), भक्तपुर डेरी भक्तपुर (भक्तपुर), चौधरी डेलिसियस मिल्क एन्ड वेभरेज (एचडीआई नीलोरातो), हिमालय डेरी लगनखेल (डेली यूएचटी), दुग्ध विकास संस्थान (डीडीसी काउक्रिम, स्ट्याडर्ड र टि मिल्कका दूधमा कोलिफर्म जीवाणु पाइएको छ।

 

त्यसैगरी जगदम्बा डेरी भक्तपुर (एभ्रीडे), एचडी मिल्क एन्ड वेभरेज काठमाडौं (गोधूलि), कालिका डेरी भक्तपुर (कालिका), कान्तिपुर फ्रेस मिल्क (रातोनीलो), नवप्रभात डेरी गोदावरी (नवप्रभात), नेपाल डेरी धापाखेल (एन्डिज), कन्ट्री फुड प्रालि भक्तपुर (नोभा), राजधानी डेरी काठमाडौं (आरडीसी), सुजल डेरी थानकोट (सफल), संजीवनी डाइटी उद्योग भक्तपुर (संजीवनी), शिवम् डेरी भक्तपुर (शिवम्), सीताराम डेरी कीर्तिपुर (कृष्ण) लगायतमा  प्रशोधित दूधमा पनि कोलिफर्म फेला परेको छ।

 

प्रयोगशालाले सामूहिक कृषि डेरी बालाजुको उत्पादन (सुलभ रातोनीलो प्याकेट) र भक्तपुरको खरिपाटी डेरीको उत्पादन (गायत्री) मा भने कोलिफर्म नभेटिएको जनाएको छ।

दूध जीवाणु 

विशेष