मलेसियामा बस दुर्घटना हुँदा ३६ नेपाली कामदार घाइते

काठमाडाैं । मलेसियाकाे पेनाङस्थित पया र्टेवोङमा साेमबार बस दुर्घटना हुँदा ३६ नेपाली घाइते भएका छन्। ६० कामदार बोकेको बस दुर्घटनामा परी कम्तीमा ३६ नेपाली कामदार घाइते भएका हुन्।
प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जाने क्रममा कामदार बाेकेकाे बस पल्टिएको बताइएकाे छ । स्थानीय समय अनुसार बिहान ५ बजे दुर्घटना भएकाे हाे ।
घाइतेमध्ये धेरैको टाउको, हात र खु्ट्टामा चोट लागेको बताइएको छ । घाइते सबैलार्इ उपचारका लागि पालुवा पेनाङ अस्पतालमा लगिएकाे छ ।
मलेसिया नेपाली कामदार दुर्घटना