अर्थ मुख्य समाचार समाज

फेरि तोकियो मेलम्चीको नयाँ  ‘डेट’ 

फेरि तोकियो मेलम्चीको नयाँ  ‘डेट’ 

काठमाडौं । खानेपानी मन्त्रालयले आगामी कात्तिक १ गतेबाट काठमाडौवासीलाई बहुप्रतिक्षित मेलम्चीको पानी खुवाउने प्रतिवद्धता जनाएको छ । यसअघि पटक पटक मेलम्चीको पानी आउने भनेपनि ठेकेदार र खानेपानी मन्त्रालयबीचको लेनदेन विवादले काम प्रभावित हुदै जाँदा मेलम्चीको पानी काठमाडौवासीका लागि ‘आकासको फल आँखातरी मर’ भनेजस्तै हुदै आएको थियो ।

 

सोमबार खानेपानी मन्त्रालयले पत्रकार सम्मेलन गरी आगामी असोजसम्म आयोजनाको सवै काम सकेर कात्तिक १ गतेबाट काठमाडौबासीलाई मेलम्चीको पानी वितरण गरेरै छाड्ने जनाएको हो । पत्रकार सम्मेलनमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले भने ‘आगामी कात्तिक १ गतेबाट काठमाडौबासीले मेलम्चीको पानी खान पाउँछन् । त्यसैअनुसार काम अघि बढिसकेको छ ।’

 

कार्यक्रममा मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सुर्यराज कँडेलले आयोजनाका काम समयमै सक्नेगरी काम भइरहेको भन्दै ठेकेदारपक्षले भदौभित्र काम सक्ने प्रतिवद्धता जनाएको जानकारी दिए । आयोजना निर्माणको जिम्मेवारी इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभेनाले लिएको छ ।

 

पत्रकार सम्मेलनमा सो कमपनीका प्रतिनिधि र खानेपानी मन्त्री विना मगर समेत उपस्थित थिइन ।  कार्यक्रममा ठेकेदार कम्पनीका प्रतिनिधिले आयोजनाको हेडबक्स एरियामा बढि काम गर्नुपरेकाले समय लागेको बताएका थिए ।  पत्रकार सम्मेलनमा मन्त्री मगरले मेलम्चीबाट दैनिक आठहजार करोड लिटर पानी उपत्यकामा भित्रने भन्दै त्यसका लागि असार १५ सम्म धेरै काम सकिने बताइन् ।  

मेलम्ची

विशेष