भिडियो अन्तरवार्ता कभर स्टोरी

'अर्चना पनेरुले मलार्इ फसायाे'

'अर्चना पनेरुले मलार्इ फसायाे'

काठमाडौं । प्रदेश नं. ७ को कैलाली अत्तरियामा जन्मिएका चक्र बम अहिले नेपाली संगीत बजारमा चर्चाको शिखरमा छन् । कैलालीबाट कोरियन भाषा सिकेर वैदेशिक रोजगारमा कोरिया जाने रहरमा काठमाडौं छिरेका थिए । तर, बमले कोरियन भाषामा नाम निकाल्न नसक्नु नै सांगीतिक क्षेत्रमा प्रवेश गर्ने टर्निङ प्वाइन्ट बन्यो ।

 

त्यसपछि बम जागिरका लागि काठमाडौंमा भाै‌तारिए । तर, कहीँँ जागिर पाएनन् । घरायसी सल्लाह अनुसार बमले नेपाली सेनाको अमल्दार कर्मचारी(अक) मा पनि प्रयास गरे । तर चेकजाँचका क्रममा बमको केही समस्या देखिएछि उनी त्यहाँबाट पनि निष्कासित भए ।  त्यसपछि बमले एकपछि अर्को गीत निकाल्दै गर्दा ‘नाच मेरी झुमा’ एक गायक बनेको परिचय दिलायो ।


अहिले बम गायक मात्र नभई मोडलिङमा भिज्न थालेका छन् । उनको अभिनयलाई दर्शक, स्रोताबाट निकै रुचाइएको छ । तर, यसरी चर्चा बटुल्दा बटुल्दै पनि चक्र बमलाई एक सानो आरोपले घोचिरह्यो । त्यो आरोप हो, डेउडाको मौलिकता बिगारेको । 



यसै विषयमा नेपाल आजका लागि प्रताप ओलीले गायक तथा मोडल चक्र बमसँग गरेको कुराकानीको अंश उनकै भाषामा 

मैले डेउडा गीत पनि गाएको छु । तर पछिल्लो समय बजारमा आएका गीतहरुमा भाषा र डेउडाको फ्युजन देखिए पनि सबै गीत लोकपप गीत हुन् । मलाई डेउडा गीत बिगारेको आरोपमा मुछिनुको कारण नै छैन । किनभने मैले गाएका पछिल्लो गीतहरु डेउडा भनेर नाम नै दिईएको छैन । झन् मैले त पश्चिमको भाषाको प्रचार गर्न मद्दत गरेको छु । 

 

धनगढीमा बिना काम बस्न सकिएन  । त्यसपछि भारत गएर मैले धेरै पहिले कम्प्युटरको हार्डवेयर इन्जिनियरिङ गरेँ ।  काठमाडौं आएर कोरियन भाषा सिकेर विदेश जाने निर्णय गरेको थिएँ । त्यो पनि सफल भएन त्यसपछि घरायसी सल्लाह अनुसार मैले नेपाली सेनाको अमल्दार कर्मचारी(अक) मा पनि प्रयास गरे । तर त्यहाँ तालिम र चेकजाँच हुँदा केही त्रुटि भएपछि म आर्मी पनि हुन सकिनँ । जागिरको लागि काठमाडौंका गल्ली गल्ली भौतारिदा समेत म सफल नहुन सकेपछि अन्तमा गीतमा मेरो रुची र लगाव बस्यो । 


मैले अहिले आफैँ गाउने र अभिनय गर्ने गरिरहेको छु । दर्शक, स्रोताबाट जे होस राम्रै प्रतिक्रिया पाइरहेको छु । म अहिले पहिलो चरणमा छु । मैले यदि नराम्रो नै गरेछु भनेपनि उपयुक्त प्रतिक्रिया दिनुहोला ।

 


मेरो खाना
 
म मीठो तर, साधारण खाना दाल, भात, रोटी र तरकारी मन पराउँछु । घरमै बनाएको मन पर्छ । तर, बाध्यताले बाहिर खान पर्छ । बाहिरको खाँदाखाँदा दिक्क लागिसक्यो ।


मेरो कपडा

मेरो सबैभन्दा चासोको विषय नै लत्ताकपडा हो । म फुर्सद हुनासाथ बजारमा निस्कन्छु  । जे नयाँ देख्यो जतिबेला पनि किनी हाल्छु । म अनलाइनबाट पनि सपिङ गर्छु ।


मेरा अभिनेता र अभिनेत्री 

मेरो मनपर्ने नेपाली हिरो आर्यन सिग्देल हुन् । उनको चक्लेटी स्टाइल मन पर्छ । नायिकामा प्रियंका कार्की मनपर्छ ।


मेरो राजनीतिज्ञ

मलाई मनपर्ने राजनेता गगन थापा हुन् । उनको बोल्ने तरिकाबाट प्रभावित छु ।


मेरो ठाउँ 

मैले अहिलेसम्म घुमेको ठाउँहरूमध्ये भारतको नैनीताल मनपर्छ । त्यहाँ फेरि पनि जान मन छ ।


मेरो गायक

मलाई मनपर्ने गायक सुगम पोखरेल हो । मैले सानैदेखि उनको गीत सुन्दै आएको छु । अहिलेको ‘तिमी रोएको पल’ भन्ने बोलको गीत मनपर्छ ।


मेरो प्रेम 

म मेरी श्रीमती र संगीतलार्इ  प्रेम गर्छु । दुई वर्ष पहिले हामी विवाह बन्धनमा बाँधिएका थियौँ । हामी लभ म्यारिजबाटै वैवाहिक सम्बन्धमा गाँसिएका हौँ ।

हामी दुवैले एकअर्कालाई मन पराउँथ्यौं । तर, पहिलोचोटी उनीबाटै प्रस्ताव आएको थियो । एक बिहे भोजमा हाम्रो भेट भएको थियो । त्यसपछि हामीबीच निरन्तर फोन सम्पर्क हुन थाल्यो ।


मेरो रोदन 

म आजभन्दा दुई वर्षअगाडि मात्र काठमाडौंमा गीतसंगीत गर्नको लागि छिरेको थिएँ । त्यतिबेला मसँग समस्या नै समस्या मात्र थियो । धेरैपछि बिहे गर्ने योजना हुँदाहुँदै पनि मैले बिहे गर्नुपर्ने वाध्यता थियो । तर, सहमतिमै भएको थियो । म पहिलोचोटी जीवनका लागि संघर्ष गर्दै थिएँ । त्यतिबेला संघर्ष गर्दा पैसा जोहो गर्न धेरै गाह्रो भएकाले म रोएँ । 


 

धनगढी डेउडा गीत चक्र बम कोरियन भाषा

विशेष