व्यापार अर्थ शेयर बैंकिङ मुख्य समाचार प्रदेश ३

लगानीकर्तालाई बैंकको ‘फोन आतङ्क’ 

घटेर शेयर बेच्दै लगानीकर्ता

लगानीकर्तालाई बैंकको ‘फोन आतङ्क’ 

 
काठमाडौं। शेयर बजार निरन्तर घट्दा बैंकहरुबाट शेयर धितो ऋण लिएकाहरुलार्इ ‘मार्जिन कल’ जान थालेको छ। बैंकहरुले शेयर धितो ऋण प्रवाह गर्दा कम्पनीको १८० दिनको औषत मूल्यको ५० प्रतिशत दिने पाउछन्। 
 

यसरी लिएको शेयर ऋण औषत मूल्य भन्दा १० प्रतिशत तल झर्ना साथ बैंकले फोन तथा म्यासेज पठाउन थाल्ने लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बताउँछन्। उनी भन्छन्, ‘बजार मूल्य औषत मूल्यभन्दा तल झर्ना साथ बैंकहरुले ऋण तिर्नु हुन्छ कि बेच्दिउँ भनेर दवाव दिन थाल्छन्।’
 


नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार शेयर धितो ऋण लिएको एक वर्षसम्ममा तिरिसक्नु पर्ने व्यवस्था छ। एक बर्षसम्ममा ऋण नतिरेमा बैंकले लिलामी गर्न पाउने व्यवस्था छ। बजार घट्न थालेपछि कुन बेला बैंकले फोन तथा म्यासेज गर्ने हो भनेर चिन्ता लिनु  पर्ने अवस्था रहेको अर्याल बताउँछन्। 


 
बजार मूल्य घटेपछि बैंकले औषत मूल्यको ५० प्रतिशत नघट्ने गरि थप शेयर राख्न या पैसा तिर्न दवाव दिने गरेको बजार विश्लेषक सुरज अधिकारी बताउँछन्। ऋण लिएपछि सम्पर्कमै नवस्नेलार्इ बैंकले दवाव  दिनु स्वभाविक भए पनि नियमित कारोबार गर्ने असल ऋणीको लागि भने बैंकले केहि हदसम्म संझौता गरेका छन्, उनले भने।

 

बैंकले नै लागानीकर्तालार्इ बोलाएर बजार घटिरहेको हुँदा हामीलार्इ अप्ठ्यारो नपर्ने गरि केहि सुरक्षण थप गर्नुस् भन्दै आग्रह गर्ने गरेको उनले जानकारी दिए। बजार निरन्तर घट्दै गर्दा बैंकको दवाव थाम्न नसकेर आफुसँग भएको शेयर बेच्नु परेको लगानीकर्ता दिपक पाण्डे बताउँछन् । बजारमा धेरै नै उतारचढाव आउँदा कमाउनेभन्दा पनि गुमाउनु पर्ने अवस्थाले विस्तारै बजारबाट बाहिरनु पर्ने बाध्यता भएको उनी बताउँछन्।

 

यस्तै अवस्था रहेने हो भने पुराना लगानीकर्ता बजारबाट विस्तारै बाहिरिने र नयाँ लगानीकर्ता प्रवेश गर्नै नसक्ने अवस्था आउनेछ। घट्दो बजारमा शेयर ऋण लिँदा बैंकहरुको नियमित फोन कल तथा म्यासेज आउन थालेपछि आफुसँग भएको शेयर बेचेर बाहिरिएको लगानीकर्ताहरू बताउँछन्। 

बैंक शेयर लगानीकर्ता

विशेष