११५ कम्पनीको ३ करोड ९६ लाख बराबरको कारोबार

काठमाडौं । बुधवार नेप्से कारोबार भएको १ सय १५ कम्पनीको ३ करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा कारोबार भएका आठ समूहको परिसूचकमा पाँच समूहको परिसूचक बढेको छ भने तीन समूहको परिसूचक घट्न पुगेको छ ।
नेप्से परिसूचक शून्य दशमलव १९ प्रतिशतले घटेको छ । आधा घण्टासम्म बढेको बजार त्यसपछि २ दशमलव २९ अङ्कले घटेर १ हजार १ सय ९२ दशमलव ५१ विन्दुमा पुगेको छ । मेगा बैङ्कको प्रतिकित्ता १ सय ७६ मा ४१ लाख ३६ हजार बराबरको शेयर कारोबार भएको छ ।
कम्पनी नेप्से कारोबार