अपराध सुरक्षा मुख्य समाचार

आईजीपी खनालले भने-सुनकाण्डबारे केही बोल्दिनँ

आईजीपी खनालले भने-सुनकाण्डबारे केही बोल्दिनँ

काठमाडौं । प्रहरी महानिरीक्षक(आइजिपी) सर्वेन्द्र खनालले शान्ति सुरक्षा र अपराध अनुसन्धानलार्इ पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। बिहीबार आयोगजित पत्रकार सम्मेलनमा खनालले आफू आइजिपी भएपछि प्रहरी संगठन चुस्त बन्दै गएको समेत बताए ।


 चर्चित ३८ सय किलो सुन काण्डमा भने खनाल आफू केही नबोल्ने बताए । सुन काण्डबारे अनुसन्धान गर्न गृह मन्त्रालयले छुट्टै समिति गठन गरेकाले यस बारेमा आफ्नो कुनै टिप्पणी नरहेको उनको भनाई थियो। आइजिपी खनालले प्रहरी अधिकारीको सरुवा र बढुवाको क्षमताकै आधारमा भएको बताएका छन्। 


पत्रकार सम्मेलनमा उनले भने, ‘एसपी बढुवामा २८ सिट थियो बढुवाहुने एउटै ब्याचमा धेरै थिए। धेरै पटकको छलफलबाट निर्णय लिइएको हो। जसको नाम बढुवामा पछि पर्‍यो भनिएको भन्ने हल्ला छ, उनीहरुले त मलाई भेटेर बढुवा गरेकोमा धन्यवाद दिएका छन्, कसरी असन्तुष्ट भए थाहा छैन,'उनले भने। 


कार्यक्रममा उनले आफू आइजिपी भएपछि गरेका काम र भावी योजनाबारे पावर प्वाइन्टमार्फत प्रस्तुतीकरण गरेका थिए। खनालले प्रहरी संगठनलाई संघीयता अनुसार रुपान्तरण गर्न कानुन निर्माण र विशेष प्रहरी कार्यक्रमलाई ल्याइने बताए । 

सर्वेन्द्र खनाल आइजिपी सुन काण्ड

विशेष