मुख्य समाचार

साउनदेखि देशैभर प्रदर्शन स्थल ताेकिनेः निषेधित क्षेत्रमा प्रदर्शनका लागि ढिपी नगर्न गृहमन्त्रीकाे अाग्रह

 उपत्यकामा कहाँकहाँ तोकियो प्रदर्शनस्थल? 

साउनदेखि देशैभर प्रदर्शन स्थल ताेकिनेः निषेधित क्षेत्रमा प्रदर्शनका लागि ढिपी नगर्न गृहमन्त्रीकाे अाग्रह

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'बादल'ले विरोध प्रदर्शनका लागि ठाउँ तोक्नु अधिनायकवाद भन्नेहरूलार्इ जवाफ दिएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले विरोधहरूले अरूको अधिकारको पनि ख्याल गर्नुपर्ने बताएका हुन् ।

 

विवेकशील साझा पार्टी, नागरिक अभियन्ता डा. गोविन्द केसी लगायतले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले अधिनायकवादकाे संकेत देखाउन खाेजेकाे उनीहरुकाे आरोप छ। 

 

गृहमन्त्री बादले भने,‘अधिनायकवाद भनेको केहो? जनताको अधिकार कुण्ठित गर्ने हो? मलाई यही ठाउँमा प्रदर्शन गर्न पाउनुपर्छ भन्ने हो? यो त मलाई त्यही केटी चाहिन्छ भनेजस्तै भयो।’ 

 

जभाभावी विरोध प्रदर्शन गर्दा सर्वसाधरणहरु त्यसबाट प्रभावित भएकाले व्यवस्थित गरिएकाले यसलाई सकारात्मक रुपमा लिएर सहयोग गर्न सबैलार्इ उनले आग्रह गरे।गृहमन्त्री बादले ७७ जिल्लामा नै साउदेखि लागू हुने गरी प्रदर्शनस्थल तोकिएकाे जानकारी दिए ।

 

 उपत्यकामा कहाँकहाँ तोकियो प्रदर्शनस्थल? 

प्रदर्शनका लागि खुल्लामञ्च, कोटेश्वरको तीनकुने खुल्ला चौर भगवान पाउको भुँइखेल खुल्ला चौर, पेप्सिकोलाको खेलमैदान, सानो गौचरनको फुटबल मैदान, लैनचौरको समाजकल्यण परिषद् अघिको खुल्ला चौर र सिफल चौरलाई प्रदर्शन स्थल तोको छ । 

 

यस्तै, भक्तपुको सूर्यविनायकलाई प्रदर्शन स्थल तोकिएको छ । भने ललितपुरको च्यासलको खेल मैदान, गोदावरी बस पार्क, भैँसेपाटी, लुबुलामाटार, धोविघाट र बज्रबाराही मन्दिरको गेटमा आन्दोलन गर्नका पाइने भएकाे छ ।

निषेधित क्षेत्र गृहमन्त्री प्रदर्शन स्थल रामबहादुर थापा 'बादल'

विशेष