मुख्य समाचार प्रदेश १

गुणस्तरहीन सामग्री प्रयोग गर्ने इन्जिनियरसहित तीन जना पक्राउ

गुणस्तरहीन सामग्री प्रयोग गर्ने इन्जिनियरसहित तीन जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिकाको स्थलगत उजुरीका आधारमा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न इन्जिनियरसहित दुई जना पक्राउ परेका छन् ।

 

विराटनगरको जनआन्दोलन चौकस्थित निर्माणाधीन पक्की नालामा गुणस्तरहीन सामग्री प्रयोग गरिएको उजुरीका आधारमा उनीहरुलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

 

मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले शनिबार इन्जिनियर रवि पन्त, ओभरसियर विनय साह र सुपरभाइजर देवराज बराललाई पक्राउ गरिएको बताए। विराटनगरकोे रानी धरान सडकखण्ड अन्तर्गत उक्त भौतिक पूर्वाधारको निर्माण कार्य भूमि कन्स्ट्रक्सन जेभीले गर्दै आएको थियो।

 

पक्राउ परेका तीनै जना सोही अन्तर्गत हुन्। विराटनगर महानगरका मेयर भीम पराजुलीको नेतृत्वमा रहेको अनुगमन टोलीले निर्माण कार्यमा रहेका उनीहरुलाई न्युनतम सिमेन्टमा बालुवा जोडाई गर्दै गरेको अवस्थामा भेटेपछि प्रशासनिक कार्वाहीका लागि प्रहरी समक्ष उजुरी दिएको थियो।

 

प्रहरीका अनुसार स्थलगत अनुगमनका क्रममा पक्राउ गरिएका तीनजनालाई कार्वाहीका लागि सम्बन्धित निकाय सडक कार्यालयमा पठाइने एसपी केसीले जानकारी दिए।यसक्रममा महानगरपालिकाले व्यपारिक मार्ग विस्तार आयोजना ६ लेन सडक विभाग इटहरी सुनसरीलाई निर्माण कार्यमा ढिलाई हुदै गएको भन्दै पत्राचार गरेको छ।

 

पटक पटक व्यपारिक मार्ग विस्तार आयोजना जनआन्दोलन देखि बरगाछीसम्मको कार्य गुणस्तरहीन र ढिलाई भएका कारण पक्राउका लागि उजुरी दिएको जनाएको छ।

पक्राउ विराटनगर महानगरपालिका मेयर भीम पराजुली इन्जिनियर

विशेष