व्यापार अर्थ मुख्य समाचार समाज प्रदेश ३

उपत्यकामा ५ करोडको दहि बिक्रि अनुमान 

उपत्यकामा ५ करोडको दहि बिक्रि अनुमान 

काठमाडौ। उपत्यकामा रहेको तीनवटा जिल्लामा शुक्रबार आज  (असार १५ गते) का दिन ५ करोडबढीको दहिको कारोबार हुने अनुमान गरिएको छ । गत बर्ष पनि असार १५ गतेका दिनन मात्रै ५ करोड बराबरकै दहिको कारोवार भएको थियो ।

 

योमध्ये जुजु धौंका नामले प्रसिद्ध भक्तपुरमा सबैभन्दा बढी दहिको कारोवार भएको कालिका डेरी कमलविनायकले जनाएको छ । भक्तपुरका अधिकांश डेरीमा समेत शुक्रबार विहानदेखि  दहि खरिद गर्ने ग्राहकको लाईन रहेको छ ।  

 

उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको भने अनौठो होईन । विगत बर्षहरुमा पनि यहि रेसिओमा दहि बिक्रि भएको भक्तपुरका डेरी व्यवसायीहरु बताउँछन् ।  भक्तपुरमा मत्रै नभई ललितपुर र काठमाडौंमा पनि शुक्रबार अहिलेसम्म दहिको कारोवार राम्रै भएको छ ।  

 

असार १५ मा दही र चिउरा खानैपर्ने नेपाली संस्कार रहि आएको कारण पनि शुक्रबार यतिको दहि खपत हुने भएको व्यवसायी बताउँछन् ।  गत बर्षको असार १५ मा  सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग थियो भक्तपुरका एक डेरी सञ्चालक मनोज श्रेष्ठले भने ‘ गत बर्ष पनि माग अनुसारको दहि नै पुराउन सकिएन् ।’ 

कारोबार दहि

विशेष