खेल मुख्य समाचार समाज

‘सुनकली’को शक्तिः मुगुका किशोरीहरू स्पेनमा फुटबल खेल्दै

'टीम रारा'काे संघर्षपूर्ण फुटबल यात्रा

‘सुनकली’को शक्तिः मुगुका किशोरीहरू स्पेनमा फुटबल खेल्दै

काठमाडौं । रुसमा विश्वकप फुटबल प्रतिष्पर्धा जारी रहँदा फुटबलका लागि उर्बर मानिने स्पेनको सान्सेबास्टियानमा अर्कै किसिमको फुटबल प्रतिष्पर्धा हुँदै छ, ‘डोनास्टिक कप’ ।

 

जुलाई १ देखि ७ सम्मु हुने उक्त प्रतिष्पर्धामा ३३ देशका ६३० टीमका ७ सय भन्दा बढी खेलाडी सहभागी हुँदै छन् । जहाँ नेपालको उपस्थिति विशेष हुनेछ ।

 

महत्वपूर्ण त यो छ कि, नेपालको मुगुका किशोरीहरु यहाँको प्रतिष्पर्धामा सामेल हुँदै छन् । ‘टीम रारा’ को नाममा उनीहरुको प्रतिष्पर्धालाई निकै महत्वका साथ हेरिएको छ ।

 

उनीहरुले मेस्सी लगायतका विश्व प्रशिद्ध खेलाडी सम्मिलित बार्सिलोना, रियल म्याड्रीड जस्ता क्लवका खेलाडीले अभ्यास गर्ने मैदानमा अभ्यास गर्ने मौका पाएका छन् ।


नेपाली टीमले प्रसस्त अभ्यास नगरेको भए पनि यहाँ उपस्थित हुन पाउनु नै महत्वपूर्ण र ऐतिहासिक अवसरको रुपमा हेरिएको छ । पत्रकार तथा फिल्म मेकर भोजराज भाटले संयोजन गरेको ‘टीम रारा’को टोलीको खेल अवलोकनका लागि मुगुका सांसद गोपाल बम पनि स्पेन गएका छन् ।



खासमा पत्रकार भोजराज भाटले ‘सुनकली’नामको डकुमेन्ट्री निर्माण गरेपछि नै स्पेनमा आयोजित अन्तर्राष्ट्रिय फुटबल प्रतिष्पर्धामा मुगुका किशोरीहरुको सहभागिता सम्भव भएको हो ।

 

भाटले निर्माण गरेको डकुमेन्ट्री ‘सुनकली’ले हिमाली काखमा खेल अभ्यास गर्ने राराका किशोरीहरुको चित्र उतारेको थियो । उक्त डकुमेन्ट्रीले २३ वटा अन्तर्राष्ट्रिय अवार्ड समेत जितेको छ ।

 

यसअघि नै डकुमेन्ट्री प्रदर्शनपछि नै यसका पात्र सुनकली लगायत केही सदस्यले काठमाडौंका लिटिल एन्जल्स लगायत स्कुलमा पढ्न पाएका छन् । खेलमा रुची भएर पनि अवसर नपाएका दुर्गम गाउँका किशोरीहरुको लागि स्पेन गएर खेल्न पाउनु एक ऐतिहासिक अवसरको रुपमा पत्रकार भाटले लिएका छन् ।

 

टीममा सहभागी सांसद गोपाल बमले नेपाल मात्रै नभएर नेपाल जस्तै अन्य विकाशशील मुलुकका महिलाहरुको लागि समेत उदाहरण हुने बताएका छन् ।

 

 

फुटबल स्पेन भाेजराज भाट सुनकली

विशेष