खेल

विश्वविजेतबीचकाे राेचक भिड्न्तः मेस्सीमाथि चुनाैतीकाे चाङ

विश्वविजेतबीचकाे राेचक भिड्न्तः मेस्सीमाथि चुनाैतीकाे चाङ

मस्काे । रसियामा जारी विश्वकप २०१८ अन्तर्गतको नकआउट चरणको पहिलो खेल साविकाे उपविजेता अर्जेन्टिना र फ्रान्सबीच हुँदैछ । समूह सी को विजेता फ्रान्स र समूह डी को उपविजेता अर्जेन्टिना कजान एरिनामा नेपाली समय अनुसार बेलुका ७ः ४५ बजे मैदानमा उत्रिँने छन् । 

 

अर्जेन्टिना भर्सेस फ्रान्स यो विश्वकपको ह्यावी वेट गेम हो । तर दुवै टिमले समूह चरणका खेल सकिँदासम्म आफ्नो उत्कृष्ट लय समातेका देखिएको छैन । यसले गर्दा शनिबारको खेल रोमाञ्चक हुने अनुमान गरिएकाे छ ।  अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको छ भने फ्रान्स सन् १९९८ को च्याम्पियन हो । 

हेड–टू–हेड

विश्वकपको नकआउट चरणमा यी दुई टोली पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि यी दुई टोलीबीच ११ पटक भेट भएको छ । अर्जेन्टिनाले ६ खेल जितेको छ भने फ्रान्सले दुई खेल जितेको छ । तीन खेलमा बराबरी भएको छ ।

 

पछिल्लो ३२ वर्षमा दुई देशले मात्रै दुई पटक मात्रै मैत्रीपूर्ण खेल खेलेका छन् । सन् २००७ मा भएको खेलमा अर्जेन्टिना १–० तथा सन् २००९ मा भएको खेलमा पनि अर्जेन्टिना नै २–० ले विजयी भएको थियो । यो विश्वकपमा दुई पूर्व विजेताबीचको पहिलो भेट हो ।

 

दुर्भाग्य नै भन्नुपर्छ दुई ठूला टिम नकआउट चरणमा नै भेट भएकाले आज पराजित हुने घर फर्किनु पर्ने हुन्छ । आजको खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सी तथा फ्रेन्च स्टार पोग्बामा सबैको ध्यान केन्द्रित हुनेछ । 

 

 लियोनल मेस्सी 

अर्जेन्टिनाका प्रेरणा, टोलीका नेता, कप्तान र सर्वश्रेष्ठ खेलाडी । बार्सिलोनाका सुपरस्टार मेस्सी रुसमा सुरुवाति दुई खेलमा आलोचनाका शिकार बने । तर, समूह चरणकाे अन्तिम खेलमा नाइजेरियाविरुद्ध गोल गरेपछि उनले आफ्नो स्थायी लयको छनक दिएका छन् । फ्रान्ससँगको खेलमा धेरै हदसम्म अर्जेन्टिनी टोली मेस्सीमा निर्भर रहन्छ, जस्तो कि यसअघिका खेलहरुमा देखिएको थियो ।

 

पाउल पोग्बा 

फ्रान्सका मुख्य खेलाडी पाउल पोग्बालाई डेनमार्कविरुद्धको खेलमा आराम दिइएको थियो । उनी अर्जेन्टिनाविरुद्ध प्लेइङ सेटमा आउनेछन् । अर्जेन्टिनाको मिडफिल्ड अहिलेसम्म शानदार देखिएको छ । र, उच्च लयमा रहेका पोग्बा त्यसलाई ध्वस्त पार्न फ्रान्सको मुख्य हतियार हुनेछन् । समूह चरणको सुरुवाति दुई खेलमा जित हासिल गर्न पोग्वाको प्रदर्शन अहम रहेको थियो ।


 

विश्वकप लियोनल मेस्सी अर्जेन्टिना भर्सेस फ्रान्स पाउल पोग्बा 

विशेष