खेल मुख्य समाचार

अर्जेन्टिना र फ्रान्सबीच खेल सुरु

अर्जेन्टिना र फ्रान्सबीच खेल सुरु

मस्को । विश्वकप फुटबलअन्तर्गत नकआउट चरणको पहिलो खेलमा विश्वविजेता अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन्। समूहगत चरणमा फ्रान्सले दुई जित र एक बराबरीको नतिजा निकालेर समूह विजेता बन्दै दोस्रो चरण पुगेको हो।

 

पहिलो खेलमा अस्ट्रेलियालाई २-१ गोलले हराएको फ्रान्सले दोस्रो खेलमा पेरुलाई १-० गोलले पराजित गरेको थियो भने अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो।

 

अर्जेन्टिनालाई भने दोस्रो चरण पुग्न निकै गाह्रो भएको थियो । पहिलो खेलमा आईसल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३-० गोलले पराजित भएको थियो ।

 

अन्तिम खेलमा नाइजेरियालाई २-१ गोलले हराएर साविक उपविजेता अर्जेन्टिनाले समूह उपविजेताका रुपमा दोस्रो चरणको यात्रा तय गरेको थियो।

 

अन्तर्राष्ट्रिय फूटबलमा फ्रान्सले अर्जेन्टिनालाई हराउन सकेको छैन। विश्वकपमा अर्जेन्टिनाले अन्तिमपटक सन् १९८६ र फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो।

विश्वकप अर्जेन्टिना र फ्रान्स

विशेष