खेल

विश्वकप फुटबलः अर्जेन्टिना २–१ ले अघि, फ्रान्स दबाबमा

विश्वकप फुटबलः अर्जेन्टिना २–१ ले अघि, फ्रान्स दबाबमा

रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणअन्तर्गत अर्जेन्टिनाले २–१ को अग्रता लिएकाे छ । 

 

मर्काडाेले ४८ अाैं मिनेटमा गाेल गर्दै २–१ काे अग्रता दिलाएका हुन् ।

 

खेलको १३ मिनेटमा एन्टोइन ग्रिजम्यानले गोल गर्दै फ्रान्सलार्इ पहिलो अग्रता दिलाएका थिए । डिबक्स एरियामा अर्जेन्टिनाका मार्कोस रोजोले एम्बाप्पेलार्इ लडाएपछि पेनाल्टी पाएका हुन् । 

 

त्यस्तै खेलकाे ४१ अाैं मिनेटमा अर्जेन्टिनाका डि मारियाले गाेल गर्दै अर्जेन्टिनालार्इ बराबरीमा ल्याएका हुन् । 


अर्जेन्टिना भर्सेस फ्रान्स यो विश्वकपको ह्यावी वेट गेम हो । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको छ भने फ्रान्स सन् १९९८ को च्याम्पियन हो । 

 

विश्वकपको नकआउट चरणमा यी दुई टोली पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि यी दुई टोलीबीच ११ पटक भेट भएको छ । अर्जेन्टिनाले ६ खेल जितेको छ भने फ्रान्सले दुई खेल जितेको छ । तीन खेलमा बराबरी भएको छ ।

 

पछिल्लो ३२ वर्षमा दुई देशले मात्रै दुई पटक मात्रै मैत्रीपूर्ण खेल खेलेका छन् । सन् २००७ मा भएको खेलमा अर्जेन्टिना १–० तथा सन् २००९ मा भएको खेलमा पनि अर्जेन्टिना नै २–० ले विजयी भएको थियो । यो विश्वकपमा दुई पूर्व विजेताबीचको पहिलो भेट हो ।

अर्जेन्टिना फ्रान्स

विशेष