खेल

अर्जेन्टिनामाथि फ्रान्सकाे राेमाञ्चक जित, ४–३ ले विजयी

अर्जेन्टिनामाथि फ्रान्सकाे राेमाञ्चक जित, ४–३ ले विजयी

रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणअन्तर्गत फ्रान्सले अर्जेन्टिनालार्इ ४–३ ले पराजित गर्दै  क्वाटरफाइनलमा अाफ्नाे स्थान पक्का गरेकाे छ ।  फ्रान्सकाे जितकाे लागि एम्बाप्पे, बेन्जामिन पाभार्ड र एन्टोइन ग्रिजम्यानले गाेल गरे भने अर्जेन्टिनाकाे लागि डि मारिया , मर्काडाे र सर्जियाे अग्युराेले गाेल गरे ।

 

खेलको १३ मिनेटमा एन्टोइन ग्रिजम्यानले गोल गर्दै फ्रान्सलार्इ पहिलो अग्रता दिलाएका थिए । डिबक्स एरियामा अर्जेन्टिनाका मार्कोस रोजोले एम्बाप्पेलार्इ लडाएपछि पेनाल्टी पाएका हुन् । 

 

त्यस्तै खेलकाे ४१ अाैं मिनेटमा अर्जेन्टिनाका डि मारियाले गाेल गर्दै अर्जेन्टिनालार्इ बराबरीमा ल्याए । मर्काडाेले ४८ अाैं मिनेटमा गाेल गर्दै २–१ काे अग्रता दिलाएका थिए ।

 

तर दाेस्राे हाफ सुरू भएसँगै ६४ र ६८ अाैं  मिनेटमा एम्बाप्पेले गाेल गर्दै फ्रान्सलार्इ ४–२ काे अग्रता दिलाए । खेलकाे अतिरिक्त समयमा अग्युराेले अर्जेन्टिनाकाे लागि गाेल गरेपनि ४–३ ले पराजित भयाे । 

 

पराजयसँगै अर्जेन्टिना विश्वकप २०१८ काे संस्करणबाट बाहिरिएकाे छ । 


 

 

फ्रान्स अर्जेन्टिना

विशेष