मनोरञ्जन चलिरहेको फ्लिम

रिलिज भएकै दिन ‘सञ्जु’ इन्टरनेटमा भार्इरल

रिलिज भएकै दिन ‘सञ्जु’ इन्टरनेटमा भार्इरल

एजेन्सी । सञ्जय दत्तको जीवनीमा आधारित ‘सञ्जु’ रिलिज भएकै दिन इन्टरनेटमा लिक भएको छ । केही सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले इन्टरनेटमा लिक भएको फिल्मको स्क्रिनसट पनि शेयर गरेका छन् । चलचित्र एचडी क्वालिटीमा नै लिक भएको बताइएको छ ।

 

चलचित्र लिक भएपछि यसको असर चलचित्रको कमाईमा पर्ने आशंका व्यक्त गरिएको छ ।  फिल्म लिक भएको खबर फैलिएपछि रणवीरका फ्यानहरुले दर्शकहरुलाई हलमा नै गएर चलचित्र हेर्न अपिल गरेका छन् ।

 

एक फ्यानले लेखेको छन्, ‘सेन्सर बोर्डलाई ट्वाइलेट लिक भएको सिनमा आपत्ति छ । तर, जब चलचित्र अनलाइन लिक हुन्छ, यो समस्याको समाधान छैन ?’

 

यस प्रकरणले रणवीर सलमानको फ्यानबीच सामाजिक सञ्जालमा विवाद देखिएको छ । रणवीरका फ्यानहरुको आरोप छ, यो हर्कतको पछाडि सलमानका फ्यानहरुको हात छ ।

 

यसअघि, रजनीकान्त अभिनित ‘काला’ पनि लिक भएको थियो । यता, सञ्जु भारतको ४ हजार स्क्रिनमा एकैपटक रिलिज भएको छ । विदेशमा यो १३ सय स्क्रिनमा रिलिज गरिएको छ । 

सञ्जय दत्त सामाजिक सञ्जाल चलचित्र सञ्जु

विशेष