३८ क्वीन्टल सुन तस्करी प्रकरणः छिरिङ वाङ्गेल घले जेल चलान
बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त छिरिङ वाङ्गेल घलेलाई जेल चलान गरिएको छ । उनलाई जिल्ला अदालत, मोरङको आदेशले पुर्पक्षका लागि थुनामा पठाइएको हो ।
उनलाई जिल्ला कारागार, मोरङमा लगिएको छ । उनले आइतबार बिहान जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ्गेल घले भएको बयान दिएका थिए ।
गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए । उनले आफू छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने गरेको बताएका थिए ।
छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान थियो । तर, घलेले भने इन्कारी बयान दिएका छन् ।
छिरिङ वाङ्गेल घले ३८ क्वीन्टल सुन तस्करी प्रकरण