खेल

पीएम कप क्रिकेटः अार्मी विजयी, प्रदेश ६ प्रतियाेगिताबाट बाहिरियाे

पीएम कप क्रिकेटः अार्मी विजयी, प्रदेश ६ प्रतियाेगिताबाट बाहिरियाे

काठमाडौं । त्रिभुवन आर्मी क्लब एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको समूह ए बाट आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

समूह बी बाट भने प्रदेश–६ प्रतियोगिताबाट बाहिरिएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलहरुमा आर्मीले प्रदेश–४ लाई र प्रदेश–५ ले प्रदेश–६ लाई समान ९–९ विकेटले हराए ।


 
समूह ए अन्तर्गत मूलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–४ २९ ओभरमा मात्र ७६ रन बनाउँदै अलआउट भयो । प्रदेश–४ का लागि अनिल गुरुङले ४२ रन बनाए भने बाँकी खेलाडी सस्तैमा आउट भए । प्रदेश–४ का ६ खेलाडी शून्यमै आउट भए ।


 
प्रदेश ४ को इनिङ ध्वस्त पार्न आर्मीका विक्रम सोब, साहव आलम र सागर पुनले समान ३–३ विकेट लिए । जवाफमा आर्मीले १६.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा ग-यो ।

 

आर्मीको जितमा सागर पुनको २६, अनिल मण्डलको २८ र नरेश बुढाऐरको १० रनको योगदान रह्यो । अलराउण्ड प्रदर्शन गरेका सागर पुन खेलको म्याच अफ द म्याच चुनिए ।

 

आइतबार नै त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश–५ ले पनि प्रदेश–६ बिरूद्द ९ विकेटको सहज जित हासिल ग-यो । जितसँगै प्रदेश–५ ले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्यो ।

 

पराजित भएको प्रदेश–६ भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह बी को चार खेलबाट प्रदेश–६ ले १ अंकमात्र जोड्न सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–६ २२.५ ओभरमा ५५ रनमा अलआउट भयो ।

 

प्रदेश–६ का लागि विजय विष्टले १७ रन बनाए भने बाँकी कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।प्रदेश–६ लाई ५५ रनमै अल आउट बनाउने क्रममा प्रदेश–५ का कप्तान शक्ति गौचनले शानदार बलिङ गरे ।

 

६ ओभर बलिङ गरेका गौचनले ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए । उनी खेलको म्यान अफ म्याचसमेत चुनिए । त्यस्तै विक्रम भुसालले पनि ३ विकेट नै लिए ।
 
जवाफमा प्रदेश–५ ले १० ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा शंकर रानाले २९ तथा सन्दिप सुनारले २७ रन बनाए ।

पीएम कप क्रिकेट

विशेष