अर्थ मुख्य समाचार

अाज बजेटमाथि अन्तिम छलफल, अर्थमन्त्रीले संसदमा जवाफ दिने

अाज बजेटमाथि अन्तिम छलफल, अर्थमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौँ । आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटको सैद्धान्तिक छलफल प्रतिनिधिसभामा आज सकिँदैछ। राष्ट्रियसभामा सैद्धान्तिक छलफलको क्रम शुक्रबार नै सकिएको छ। प्रतिनिधिसभामा छलफलमा भाग लिने सांसद् संख्या बाँकी रहेका कारण आइतबार पनि छलफलको समय तोकिएको छ।

 

संसद् सचिवालयले आइतबार छलफल र अर्थमन्त्रीको जवाफको कार्यसूची तोकेको छ। अर्थमन्त्रीले छलफलमा उठेका प्रश्न दिएपछि सैद्धान्तिक छलफल सकिनेछ। सैद्धान्तिक छलफलपछि संसद्मा मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथि छलफल सुरु हुनेछ।

 

संसद् सचिवालयले मन्त्रालयगत विवरण समेटिएको रातो किताब भाग दुई पाइसकेको छैन। उक्त विवरण प्राप्त भएपछि मन्त्रालयगत रूपमा बजेट छलफल हुनेछ। 

 

मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनेछन्। मन्त्रीको जवाफपछि बजेट पारितको प्रक्रिया सुरु हुनेछ। उक्त अवधिमा सांसद्लाई बजेटमाथि खर्च कटौती तथा अन्य संशोधन दर्ताका लागि समय दिइनेछ।

बजेट प्रतिनिधिसभा राष्ट्रियसभा

विशेष