कभर स्टोरी अन्तरवार्ता मनोरञ्जन

रोयल्टीकाे नाममा करोडौंको भ्रष्टाचार भएकाे संगीत उत्पादक संघका सदस्यकाे खुलासा ! (भिडियाे)

रोयल्टीकाे नाममा करोडौंको भ्रष्टाचार भएकाे संगीत उत्पादक संघका सदस्यकाे खुलासा ! (भिडियाे)

काठमाडाैं ।  संगीत उत्पादक समाज नेपालमा अहिले निकै विवाद चर्किएको छ । संगीत उत्पादकहरूको रोयल्टी संकलन र वितरण गर्ने यस संस्थालार्इ गैर सदस्यहरूले कब्जा गरेको संगीतकर्मीहरूको गुनासो छ । करोडौँको रोयल्टी संकलन हुन्छ । तर, त्यहाँ काम गर्ने कालु मकै खाने भालु प्रवृति देखिएकाे  छ । 

 

यसबारे नेपालअाजले संगीत उत्पादक समाज नेपालका सदस्य  सुवास रेग्मीसँग अन्तरवार्ता गरेकाे छ । अन्तरवार्ताका क्रममा रेग्मीले नेतृत्वमा रहेका निर्मलराज ढकालले  करोडौँको भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

 

 

उनले भने, ‘बौद्धिक सम्पत्तिको कारोबार हुने संस्थामा नेतृत्वले ठूलो चलखेल गरिरहेको छ । गलत मानिसलाई सदस्य बनाई निर्लज्ज काम अध्यक्षले गरेका छन् ।’ 

 

संस्कृति मन्त्रालयअन्तर्गत प्रतिलिपि रजिष्ट्रारको कार्यालय छ । यस कार्यालयलाई प्रतिलिपि ऐन २०५९ अनुसार रोयल्टी वितरण, संकलनको जिम्मेवारी बोकेका संस्थाहरूको दर्ता गर्ने, नियमन गर्ने तथा नियन्त्रण गर्ने  र खारेजीसम्मको सर्वाधिकार हुन्छ ।

 

रोयल्टी संकलन गर्ने ३ वटा संस्थाहरू छन् । संगीत रोयल्टी संकलन समाज नेपालबाट गीतकार र संगीतकारको रोयल्टी संकलन गरिन्छ । प्रस्तोता समाज नेपालबाट गायक, गायिकाहरूको रोयल्टी संकलन गर्न सकिन्छ र संगीत उत्पादक समाज नेपालबाट म्युजिक उत्पादक, निर्माता, निर्देशकहरूको रोयल्टी संकलन गर्न सकिन्छ । 

 

हाम्रो संस्था संगीत उत्पादक संघ हो । यस संस्थाले संगीत क्षेत्रमा लागेका उत्पादकहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने गर्दछ । रोयल्टी संकलन गर्न पहिले सजिलो थिएन । पछि नेपालको सविंधानमा बौद्धिक सम्पत्तिलाई मौलिक हकमा राखेपछि अहिले भने राम्रो रोयल्टी उठ्ने गरेको छ ।

 

लगभग ४० वटा क्षेत्रबाट रोयल्टी संकलन गर्ने माध्यम बनेको छ । अहिले यातायात क्षेत्रबाट पनि रोयल्टी उठाउन थालिएको छ । यातायातबाट मात्रै मासिक ३० करोड जति रोयल्टी संकलन हुन्छ । यातायातबाट राम्रो रोयल्टी आउन थालेपछि संस्थामा गैर सदस्यहरूको आगमन हुन थालेको छ ।

 

यसबाट स्रस्टाको बौद्धिक सम्पत्तिको संरक्षण हुन सकेन भन्ने हाम्रो आसय हो । हाम्रो संस्थामा विभिन्न संस्थाहरूबाट रोयल्टी त संकलन भइरहेको छ । तर, हामीले हाम्रा गीतहरूलाई सार्वजनिक रूपमा प्रयोग गर्ने सफ्टवेयरको विकास गर्न सकेनौँ ।

 

सफ्टवेयरको रूपमा विकास गर्न नसकेपनि हामी रोयल्टी संकलनमा गइसकेका छौँ । यदि सरकारले कर उठाएर एकमुष्ट रूपमा दिएको भए हामीलाई सजिलो हुन्थ्यो । वैज्ञानिक पनि हुन्थ्यो । व्यवस्थित रूपमा अगाडि बढ्न सकिन्थ्यो । तर, पनि अहिले राम्रो रोयल्टी संकलन भइरहेको बेलामा हामी चनाखो रहनु आवश्यक छ । 


नेपाल सरकारसँग उत्पादकको लाइसेन्स लिन संगीत उत्पादक भनेर लिनुपर्छ । हाम्रो विधानमा व्यक्ति प्रोड्युसर बन्ने प्रावधान  छ । तर, ती व्यक्तिहरू त्यस्ता हुनुपर्छ जसको रोयल्टी तोकेको हुनुपर्छ । जसले कारोबारमा संगीत प्रोड्युसर हुँ भन्ने खुल्नुपर्छ । जो राज्यसँग प्रत्यक्ष करको दायरामा जोडिएको हुनुपर्छ ।

 

त्यो करको दायरको माध्यम भनेको संगीत उत्पादक संघ हो । तर, हाम्रो संस्थामा चट्पटे पसलेदेखि लिएर चिया र पत्रिका पसलेसम्म सदस्य छन् । सदस्य हुन नपाउने भन्ने त होइन । तर, उसले गरेको काम संगीतसँग सम्बन्धित भएको प्रमाणित हुनुपर्छ । उसले संगीतमा गरेको लगानी राज्यसँग जोडिएको हुनुपर्छ । जसलाई पनि दिने हो भने त यसको कुनै अर्थ हुँदैन । 

 


तर, उत्पादक समाज रोयल्टी संकलनमा १५ सय सदस्य छन् । उत्पादक समाज नेपालमा २ सय सदस्य छन् । यसमा पनि १५ सय हुनुपर्ने हो । तर, किन हुन सकिरहेका छैनन ? यहाँ १५ सय हुने हो भने अहिले भोटका निमित्त आएका मानिस छन्, ती गलत छन् । ती वास्तविक संगीतकर्मी होइनन् । वास्तवमा १५ सय जनाको नेतृत्व गरेर उत्पादन गर्ने म्युजिक कम्पनीहरू कम भएको हुनाले हाम्रो संस्थाको सदस्य थोरै भएको हो । 

 

गत फाल्गुन ८ गते पुतलीसडकस्थित कर कार्यालयबाट ३०/३५ वटा व्यक्तिगत प्यान प्रमाणपत्र वितरण हुन्छ । तर, त्यसमा टेलिफोन नम्बर समावेश भएको हुँदैन । ती सबै प्यानहरू एकैपटक उत्पादन समाज नेपालमा आएर दर्ता हुन्छ  । यसरी संस्थालार्इ गैरन्यायिक रूपमा कब्जा गरेर रोयल्टीबाट भ्रष्टाचार गर्ने काम भएको छ । 

 

संस्थामा अध्यक्ष ढकालले नै यस्तो काम भइरहेको छ  । मैले त संगीत उत्पादकहरूको हक र हितमा काम गर्ने हो ।
म संस्थामा बस्नु भनेको म त कलाकारहरूको प्रतिनिधि सदस्य हो । त्यसमाथि २ सय जना सदस्य भएको संस्थामा ९ जना कार्यसमितिले उनीहरूको आवाज दबाउन मिल्दैन । 


यहाँ त बौद्धिक सम्पत्तिको कारोबार हुने संस्था हो । जहाँ मानिसहरू प्रत्यक्ष रूपमा आर्थिक कारोबारसँग सम्बन्धित हुन्छन् । तर, हाम्रो नेतृत्वमा ठूलो समस्या छ । हामीले नेतृत्वमाथि  ८० प्रतिशत जतिले अविश्वासको प्रस्ताव पेस पनि ग¥यौँ । सदस्यहरूको विरुद्ध नेतृत्व संस्थामा हाँसेर बस्छ  । ऊ संविधानभन्दा माथि उठ्न खोज्छ । गैर व्यत्तिहरू सदस्य भएका छन् । तर, कार्यालयले छानबिन गर्दैन ।

 

नेतृत्व भने माला लगाएर रोयल्टी उठाउँदै हिँड्छ । सदस्यहरूले उठाएको रोयल्टी पाइरहेका छैनन् । उनीहरूले हाम्रो अधिकार हनन् भयो भनेर बारम्बार भनिरहेका छन् । उनीहरू अन्यायमा परेका छन् । तर, नेतृत्व भने गलत मानिसहरूलाई सदस्य बनाएर, छुट्टै प्यानल बनाएर अनावश्यक ठाउँमा गलत मानिसलाई भोट हाल्न लगाएर लाजमर्दो काम गरिरहेको छ ।

 

मलाई लाग्छ यो भन्दा निर्लज्ज नेतृत्व संसारमा कतै छैन । संस्थामा करोडौँको भ्रष्टाचार भइरहेको छ । किन यति बेसरम मवन भएर बसिरहेको छ । किन सुतेर बसिरहेको छ । अविश्वासको प्रस्ताव जाँदा पनि किन चुप बसिरहेको छ । रोयल्टीको नाममा ठूलो चलखेल भइरहेको छ । 


अबको हाम्रो कार्यक्रम संस्था शुद्धीकरण गर्ने हो । हामी नैतिक आन्दोलन को तयारीमा छौँ । संस्थामा गैर सदस्यहरूलाई निकाल्ने अभियानमा छौँ । यसको लागि नेतृत्व नै बाधक बनिरहेको छ । यस नेतृत्वलाई छिटै नै कानुनी उपचारबाट ठीक ठाउँमा लगाउने छौँ ।

 संगीत उत्पादक समाज नेपाल सुवास रेग्मी निर्मलराज ढकाल

विशेष