मनोरञ्जन मुख्य समाचार

मनीषा कोइराला मेरो जीवनकै सबैभन्दा सुन्दरी: सुभास घाई

मनीषा कोइराला मेरो जीवनकै सबैभन्दा सुन्दरी: सुभास घाई

काठमााडौँ । बलिउडका पाका तथा  प्रसिद्ध निर्देशक सुभास घाईले नेपालकी अभिनेत्री मनीषा कोइराला आफूले जीवनमा देखेका युवतीमध्ये सर्वाधिक सुन्दर युवती भएको बताएका छन् । 

 

४५ वर्षपछि नेपाल भ्रमणमा आएका  घाईले  सन् १९९१ मा चलचित्र 'सौदागर'मा चयन गर्ने समयमा आफूले मनीषा कोइरालामा दैवी सुन्दरता देखेको बताए । 'मनीषा बलिउडका सुन्दरीमध्ये एक मात्रै होइन उनी त सर्वाधिक सुन्दरी युवती हो', घाई भन्छन् । 

 

एपीवान एचडीसँगको विशेष कुराकानीमा निर्देशक घाईले मनीषालाई देख्नासाथ आफूले 'यो मैले खोजेको हिरोइन हो' भन्ने अनुभूति गरेको बताए । 

 

'जब मैले ढोका खोलेँ, बाहिर मनीषा र उनकी आमा उभिइरहेका थिए । मनीषालाई देख्नासाथ मलाई लाग्यो मैले खोजेको हिरोइन त यही केटी हो', घाईले एपीवानसँगको विशेष कुराकानीमा भने । 

 

निर्देशक घाईले सबै नेपालीमा दैवी सुन्दरता रहेको पनि बताए । यद्यपि नेपालमा केही विकास जरुरी रहेको अनुभूति आफूलाई भएको उनले बताए ।


 
आफ्नो संस्था ह्विस्लिङ उड इन्टरनेशनलले नेपालका चलचित्रकर्मीहरुलाई चलचित्र कला सिकाउन चाहेको बताउँदै उनले त्यसकै लागि आफू नेपाल आएको पनि निर्देशक घाईले बताएका छन् । नेपालका फिल्म ऐकेडेमीसँग मिलेर सहकार्य गर्न  भारत तयार रहेको पनि उनले बताए । अन्नपूर्ण दैनिकबाट ।

मनीषा कोइराला युवती सुभास घाई

विशेष