मुख्य समाचार प्रदेश ४

संघीय सरकार कानमा तेल हालेर बस्दा काम कारबाहीमा समस्या भयाेः मुख्यमन्त्री गुरुङ

संघीय सरकार कानमा तेल हालेर बस्दा काम कारबाहीमा समस्या भयाेः मुख्यमन्त्री गुरुङ

पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकार कानमा तेल हालेर बस्दा प्रदेश सरकार समस्यामा परेको गुनासो गरेका छन् ।

 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पोखरामा सोमबार आयोजित ‘नवीकरणीय उर्जा’ सम्बन्धी अन्तक्रिर्या कार्यक्रममा उनले संघीय सरकारमा संघीय मानसिकता नै नदेखिएको आरोप लगाए ।

 


संघीय सरकारलाई शुरु देखिनै स्रोत, साधन र बजेटको बाँडफाँट गर्नका लागि आग्रह गर्दा बजेटमा सबै कुरा आउँछ भनेको तर बजेटमा त्यसको सम्बोधन नभएको मुख्यमन्त्री गुरुङले बताए ।

 

‘संघीय सरकारमा संघीय मानसिकता नै देखिएन, संघीयता भनेको स्रोतको बाँडफाँट पनि त होला नि, साधन र अधिकारको बाँडफाँट पनि त होला नि, अनि बजेटको पनि बाँडफाँट होला नि! तर त्यस्तो भएको छैन’ उनले भने । गुरुङले प्रदेश सरकारले के के गर्न मिल्छ त्यो प्रष्ट भनि दिनुपर्ने बताए ।

प्रदेश ४ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

विशेष