अपराध सुरक्षा मुख्य समाचार

सुन तस्करी प्रकरणः गोरेका सहयोगी तिवारी विमानस्थलबाट पक्राउ

सुन तस्करी प्रकरणः  गोरेका सहयोगी तिवारी विमानस्थलबाट पक्राउ

काठमाडौं । साढे ३३ किलाे सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । चुडामणी उप्रेती गोरेको बयानका आधारमा अनुसन्धान गर्दै जाँदा गोरेका सहयोगी भनिएका रामकुमार तिवारी पक्राउ परेका हुन्।

 

प्रहरीले तिवारीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।  काभ्रे घर भएका तिवारी दक्षिण कोरियाबाट फर्किँदै गर्दा पक्राउ गरिएका हुन्।

 

सुन प्रकरणमा मुख्य अभियुक्त भनिएका गोरे सहित ३१ जनालाई गरी जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षको लागि थुनामा पठाइएको छ।

 

तस्करीमा अन्य मानिसको समेत संलग्न भएकाले खोजी र अनुसन्धान भइरहेको समितिका संयोजक ईश्वरीराज पौडेलले बताए। 

३३ किलो सुन प्रकरण चुडामणी उप्रेती गोरे रामकुमार तिवारी

विशेष