रोजगार समाज

बैदेशिक रोजगार  : आठ महिनामा २२४ कामदार अंगभंग 

बैदेशिक रोजगार  : आठ महिनामा २२४ कामदार अंगभंग 

काठमाडौं । रोजगारीको क्रममा खाडी लगायतका विभिन्न मुलुक गएका नेपाली कामदारमध्ये पछिल्लो आठ महिनामा २ सय २४ जना कामदार विरामी तथा (अंगभंग) घाइते भएका छन् । वैदेशिक रोजगारमा गएका नेपाली कामदार बिरामी र अंगभंग हुने दर अघिल्ला वर्षभन्दा बढ्दै गएको पाइएको छ ।

 

अर्थ मन्त्रालयले साताअघि मात्रै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार पछिल्ला आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारमध्ये २ सय २४ जना बिरामी र अंगभंग भएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । अघिल्लो आवमा यसरी अंगभंग  हुनेको संख्या २ सय ६ थियो ।

 

उक्त सर्वेक्षण अनुसार अंगभंग भएका जम्मा कामदारमध्ये  २ सय २१ पुरुष र तीन महिला छन् । अघिल्लो वर्षमा अंगभंग हुनेमा महिलाको संख्या आठ र पुरुषको संख्या १ सय ९८ थियो । त्यसअघिको आर्थिक बर्षमा  (२०७२÷७३) १ सय १६ कामदार बिरामी तथा अंगभंग भएका थिए । जसमा १ सय ११ पुरुष र पाँच महिला कामदार रहेको बैदेशिक रोजगार विभागको तथ्याकंमा उल्लेख  गरिएको थियो । 

 

हरेक वर्ष लाखौँको संख्यामा कामदार विदेशिने गर्छन् । यसरी विदेशिएका कामदारलाई कडा खालको रोग लाग्ने, अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक छ ।

बैदेशिक रोजगार

विशेष