प्रवास

‘कोही छौ भने छोरो फर्काइदेऊ’

‘कोही छौ भने छोरो फर्काइदेऊ’

औरही (महोत्तरी) । ‘भगवान्, छोरालाई फाँसीबाट सकुशल फर्काइदेऊ । उसलाई फाँसी दिइँदै छ भन्ने सुनेका छौं । कोही हुनुहुन्छ भने छोरो बचाइदिनुस् । ऊ हाम्रो एउटै छोरो हो ।’

 

महोत्तरीको औरही नगरपालिका—१ की गीतादेवी चौधरी र श्यामकिशोर चौधरीले घरमा पुग्नेहरूसँग गर्ने बिलौना हो यो । बिलौना गरिरहँदा उनीहरू कतिखेर भक्कानिन्छन् त कतिखेर भगवान् पुकारिरहेका हुन्छन् ।

 

चार वर्षअघि वैदेशिक रोजगारीका क्रममा कतार गएका अनिल चौधरीलाई त्यहाँको अदालतले गोली हानेर मृत्युदण्ड सुनाएपछि उनको परिवार अहिले चिन्तामा डुबेको छ ।

 

२३ वर्षीय अनिल घर फर्किन एक वर्ष मात्र बाँकी थियो । तर घर फर्किनु एक वर्षअघि नै उनी कतारी जेलमा परे । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी अल नियमियोको हत्या गरी पैसा लुटेको आरोपमा त्यहाँको अदालतले उनलाई मृत्युदण्ड दिने फैसला सुनाएको हो । उनी जेल परेको १५ महिना भइसक्यो ।

 

अनिललाई मृत्युदण्ड सुनाइनुअघि सामान्य झगडा हुँदा जेल परेको परिवारको अनुमान थियो । जेलमै रहँदा पनि अनिलले आफ्ना बुबाआमासँग कुराकानी गर्थे । आफूले केही नगरेको र जेलमा अनुसन्धानका लागि ल्याएको उनले घरमा भन्ने गरेका थिए । त्यसैले बुबाआमा चित्त बुझाएका पनि थिए । छोरा जेलबाट छुटेर घर आउने उनीहरूको आशा थियो । अन्नपूर्णपाेष्ट दैनिकबाट ।

महोत्तरी कतार अनिल चौधरी

विशेष