खेल

फुटबलका दाबेदार राष्ट्रहरु जो रसिया वल्र्डकपमा क्वालिफाइ हुन सकेनन् 

फुटबलका दाबेदार राष्ट्रहरु जो रसिया वल्र्डकपमा क्वालिफाइ हुन सकेनन् 

काठमाडौ । संसारभर लोकप्रिय खेल फुटबल र केही दिनमै फुटबल महाकुम्भको सुरुवात हुँदैछ । आगामी जुन १४ देखि जुलाई १५ सम्म हुने २१औं संस्करणको विश्वकपमा लागि आयोजक रसिया पनि पूर्ण रुपमा तयार भइसकेको छ । 

 

पहिलो पटक फुटबलको महाकुम्भ आयोजना गर्न लागेको रसियाले ११ सहरका १२ रंगशाला यस विश्वकपको लागि तयार पारेको छ जसमा ३२ टोलीबीच प्रतिस्पर्धा हुनेछ । तर अन्य वल्र्डकपमा शानदार प्रस्तुति गरेका केही राष्ट्रहरु भने यस २०१८ को वल्र्डकपमा भने खेल्न योग्य रहेनन् । 

१. इटाली
 चार पटकको वल्र्डकप विजेता इटाली यसवर्षको वल्र्डकपमा क्वालिफाइ हुन असफल भएको छ । इटालीले यसअघि १९५८ को संस्करणमा प्रतिस्पर्धा गर्न पाएको थिएन जुन खेल स्वेडनमा भएको थियो । यसपटक पनि स्वेडनले प्लेअफमा इटालीलाई अग्रिगेटमा १–० ले पराजित गर्दै वल्र्डकप टिकट आफ्नो कब्जामा राख्यो । इटालीबाहेक यूरोपियन राष्ट्रहरुमध्ये चेक रिपब्लिक, नरवे, इज्रायल, हंगेरी, टर्की, युक्राइन, नेडरल्याण्ड्स, ग्रिस र आयरल्याण्ड यस वल्र्डकप संस्करणमा प्रतिस्पर्धा गर्ने छैनन् । 

 

२. नेडरल्याण्डस्
यूरोपियन राष्ट्रहरु फुटबलको लागि परिचित छन् । त्यसमध्ये एक बलियो टोलीको रुपमा नेडरल्याण्डस् पनि परिचित छ जो सन् २०१० को वल्र्डकपको फाइनलमा स्पेनसँग पराजित भएको थियो । साथै २०१४ को वल्र्डकपमा पनि नेडरल्याण्ड्स तेस्रो स्थानमा परेको थियो । यद्यपि यस वर्ष नेडरल्याण्डस्ले सन् २०१६ को यूरोकपमा पनि समावेश हुन असफल रहेको थियो जसमा चेक रिपब्लिक, आइसल्याण्ड र टर्की अगाडी आयो । 
तथापि यसपटक यूरोपियन प्रान्तबाट आइसल्याण्डले पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्दैछ । 

 

३. क्यामेरुन
अफ्रिका क्षेत्रबाट विश्वकपमा सबैभन्दा सफल राष्ट्र भनि क्यामेरुनलाई चिनिने गरिन्छ । क्यामेरुनले ७ वल्र्डकपमा सहभागि भइसकेको छ । साथै पहिलो पटक क्वाटर फाइनल पार गर्ने अफ्रिकी टोलीपनि क्यामेरुन हो । 


यस पटकको अफ्रिकन कप पाँचौ पटक आफ्नो नाममा दर्ता गर्दै क्यामेरुन आफूलाई बलियो टोलीको रुपमा साबित गरेको थियो । तर क्यामेरुनले समूह चरणको १३ खेलमा मात्र ५ खेलमा जित दर्ता गर्न सफल भयो । 

 

४ चिली
दक्षिण अमेरिकी प्रान्तको खेलबाट अर्जेन्टिना यसपटकको वल्र्डकप खेल्न असफल हुने देखिएको थियो । तर लिओनल मेस्सीले ह्याट्रिक गर्दै इक्वेडरलाई ३–१ ले पराजित गरेपछि अर्जेन्टिना छैठौं स्थानबाट तेस्रोमा उक्लियो जसकारण चिली छैठौं स्थानमा झर्दै वल्र्डकपमा समावेश हुन सकेन ।

 

यसका साथै सुरुवाति खेलमा ब्राजिललाई २–० ले पराजित गरेतापनि अन्तिम खेलमा ब्राजिलसँग ३–० ले पराजित भएपछि चिली गोल संख्याबाट पनि कम पर्न गयो । जसकारण पेरु वल्र्डकपमा जान सफल भयो । जुलाई सम्म चिली फिफा वरियतामा चौथो स्थानमा थियो तर अहिले भने नवौं स्थानमा झरेको छ । 

५. यु.एस.ए
 सन् १९९४ देखि वल्र्डकपको सबै संस्करणमा समावेश भएको टोली हो यु.एस.ए । साथै यु.एस.एलाई उत्तर अमेरिका प्रान्तको बलियो टोलीको रुपमा पनि हेरिन्छ । यु.एस.एले यस वर्ष पनि जित्दै छैठौं पटक आफ्नो जित दर्ता गरेको थियो तर वल्र्डकप क्वालिफायरमा भने टोलीले वल्र्डकपसम्म दोर्याउने प्रस्तुति दिन सकेन । यस अघि यु.एस.एले सन् १९८६ को वल्र्डकपमा सहभागि हुन असफल रहेको थियो । यता पानामाले भने सो प्रान्तबाट सफल भई पहिलो पटक वल्र्डकपमा सहभागि हुँदैछ । 
 

फुटबलका दाबेदार राष्ट्रहरु

विशेष