देश

पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य

पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य

काठमाडौं । निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ ।

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तराष्ट्रिय उडानका लागि योग्य नरहेको प्रतिवेदन तयार पारेको हो ।

 

पूर्वसचिव विरेन्द्र बहादुर देउजाले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि योग्य नभएको प्रतिवेदन पेश गरेका हुन् ।  आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन मन्त्रालय

विशेष