देश

पूर्वाधार निर्माणमा लापरबाहीः पेस्की लिँदै, भाग्दै

पूर्वाधार निर्माणमा लापरबाहीः पेस्की लिँदै, भाग्दै

जाजरकोट । जिल्लामा ठेकेदारले जिम्मा लिएका पूर्वाधार निर्माणका योजना बर्षौ बित्दा पनि सम्पन्न हुन सकेका छैनन् । 

 

ठेकेदार तथा सम्बन्धित निकायको चरम लापरबाहीले दर्जनजति योजना अलपत्र परेका छन् । अलपत्र योजनामा सडक पुल, स्वास्थ्य संस्थाका भवन, सडक लगायत छन् । 

 

समयमा काम पूरा नगर्ने ठेकेदारलाई सम्बन्धित निकायबाट कारबाहीको साटो उल्टै पेस्की भुक्तानी र म्याद थप गरिँदै आएको छ । 

 

सबैजसो ठेकेदार पेस्की लिएपछि काम छाडेर बेपत्ता भएका छन् ।  ठेक्का सम्झौताको १ देखि ३ बर्षसम्म सक्नुपर्ने योजनामा बर्षौं बित्दा ३० देखि ५० प्रतिशतजति काम पनि हुन सकेको छैन ।  आजको कान्तिपुरको पृष्ठ १४ मा यो समाचार छापिएको छ ।

ठेकेदार जाजरकोट पूर्वाधार निर्माण

विशेष