अपराध सुरक्षा मुख्य समाचार

अब नेपाल प्रहरीमा ५ एआईजी मात्र

अब नेपाल प्रहरीमा ५ एआईजी मात्र

काठमाडौ । नेपाल प्रहरीमा अब पाँच जना मात्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआर्इजी)को दरबन्दी रहने भएको छ । गृह मन्त्रालयले एआर्इजीको दरबन्दी घटाउने निर्णय गरेसँगै प्रहरीमा पाँच जना एआइजी मात्र रहने भएका हुन्।

 

पाँच जना एआर्इजी रहने गरी तयार पारिएको मस्यौदामा बिहीबार गृहमन्त्री रामबहादुर थापाले हस्ताक्षर गरेका हुन्। अब यो मस्यौदालाई निर्णयका लागि मन्त्री परिषदमा लगिनेछ ।

 

यसअघि नेपाल प्रहरीमा प्राविधिकसहित १६ जना एआइजी रहेका थिए। यसअघि भएका एआइजीमध्ये हाल प्राविधिकतर्फका एक जना मात्र कार्यरत छन् भने बाँकी अवकास पाइसकेका छन्।

 

तर हालसम्म कति एआइजी रहने भन्ने टुंगो नलागेका कारण नयाँ बढुवा भएका छैनन्। संघीय प्रहरी ऐनको मस्यौदाका क्रममा नौ एआइजी राख्ने गृहकार्य भएको थियो तर बिहीबारको बैठकमा प्राविधिकसहित पाँच एआइजी मात्र राख्ने निर्णय भएको गृह मन्त्रालय स्रोतको भनाइ छ।

 

त्यस्तै, गृह मन्त्रालयमा भएको बैठकमा सशस्त्र प्रहरीमा तीन एआइजी मात्र राख्ने सहमति जुटेको छ। हाल सशस्त्र प्रहरीमा आठ जना बहालवाला एआइजी छन्।
 

नेपाल प्रहरी एआईजी

विशेष