देश

बेइजिङमा नेपालको श्रीपेच !

बेइजिङमा नेपालको श्रीपेच !

काठमाडौं । चीनको राजधानी बेइजिङस्थित दरबार संग्रालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ ।


प्रदर्शनीमा राखिएको ऐतिहासिक र पुरातात्विक महत्वका सामाग्रीमध्ये एउटा छ, नेपालको श्रीपेच ।


श्रीपेच भन्नेबित्तिकै सबैले सम्झन्छन्, तत्कालिन राजाका मुकुट वा राजतन्त्रको प्रतीक । प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालिन श्री ५, श्री ३ वा अरु नै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ । 


नेपाली र नेपालबारे चासो राख्नेहरुले यसलाई बडो अभिरुचिपूर्वक हेर्ने गरेका छन् ।नेपालको श्रीपेच लेखेरै राखिए पनि यो ‘जेम्स एण्ड जुवल्स अफ इण्डिया’ अर्थात् भारतका बहुमूल्य वस्तु तथा अनमोल गहना शीर्षक प्रदर्शनीमा छ । 


फोर्बिडन सिटीमा गत बैशाख ४ गते सुरु प्रदर्शनी असार ४ सम्म चल्नेछ । प्रदर्शनीको आयोजक भारतको ‘द अल थानी कलेक्सन’ र चीनको ‘द प्यालेस म्युजियम टिम’ रहेको प्रदर्शनी कक्षको बाहिर राखिएको बोर्डमा उल्लेख छ ।  आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

चीन श्रीपेच दरबार संग्रालय

विशेष