लोकसेवा आयोग सरकारसँग असन्तुष्ट

काठमाडाैं । लोकसेवा आयोगले निजामति कर्मचारीहरुको अवकाश उमेर ५८ बर्ष कायमै राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।
संघीय मामिला मन्त्रालयले तयार पारेको संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदामा कर्मचारीको अवकाश उमेर ५८ बर्ष कायमै राखिएको छ ।
हाल मन्त्रालयले सो ऐनको मस्यौदामा सहमतिका लागि कानुन् मन्त्रालयमा पठाएको छ ।
कानुन् मन्त्रालयले सहमति दिएमा सहमितका लागि लोकसेवा आयोगमा पनि पठाउने तयारी भएको संघीय मामिला मन्त्रालयले जनाएको छ ।
लोकसेवा आयोगले भने यसअघि नै कर्मचारीको अवकाश उमेर ६० बर्ष राख्न सरकारलाई सुझाव दिदै आएको छ ।, आजको नागरिकमा यो खबर छ ।
लोकसेवा आयोग निजामति कर्मचारी संघीय मामिला मन्त्रालय