देश

उज्वेकिस्तानमाथि उरुग्वेको फराकिलाे जित

उज्वेकिस्तानमाथि उरुग्वेको फराकिलाे जित

काठमाडाैं । विश्वकप फुटबलको तयारीमा रहेको उरुग्वेले विश्वकप अघिको आफ्नो अन्तिम अभ्यास खेलमा जित निकालेको छ । उरुग्वेले शुक्रबार राति भएको खेलमा उज्वेकिस्तानलाई ३–० ले हराएको हो ।

 

१० खेलाडीमा सीमित भएको उज्वेकिस्तानमाथि जित निकाल्ने क्रममा उरुग्वेले पहिला हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको हो । ३२ औँ मिनेटमा जर्जिएन डी अरास्काएटाले गोल गर्दै सुरुवाति अग्रता दिलाए ।

 

५४ औँ मिनेटमा पाएको पेनाल्टीमा लुइस स्वारेजले गोल गर्दै अग्रता दोब्बर पारे । स्वारेज तेस्रोपटक विश्वकप खेल्दै छन् । यस्तै ७३ औँ मिनेटमा मारिया गिमिनेजले गोल गरे ।

 

७९ औँ मिनेटमा कोमिलोभ सीधै रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि उज्वेकिस्तान १० खेलाडीमा सीमित भयो । पाँच दिनपछि रुसमा सुरु हुने विश्वका लागि उरुग्वे रहेको समूह ए मा रुस, साउदी अरेबिया र इजिप्ट पनि छन् ।

 

शुक्रबार राति भएका अरु मैत्रीपूर्ण खेलमा इरानले लिथुवानियालाई १–०, क्रोएसियाले सेनेगललाई २–१ तथा स्वीट्जरल्याण्डले जापानलाई २–० ले हरायो भने पोल्याण्ड र चिलीले २–२ को बराबरी खेले ।

विश्वकप फुटबल उरुग्वे उज्वेकिस्तान

विशेष