मुख्य समाचार प्रदेश ५

राष्ट्र सेवक कर्मचारीहरूको असली स्क्यानिङ गरिन्छः मन्त्री पण्डित

राष्ट्र सेवक कर्मचारीहरूको असली स्क्यानिङ गरिन्छः मन्त्री पण्डित

बुटवल । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रका लागि विशेष योगदान गर्न कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उच्चस्तरीय प्रशासन सुधार, प्रशासकीय अदालतले बुटवलमा आयोजना गरेको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीहरूको असली स्क्यानिङ गरिने भन्दै काम गर्नेलाई सम्मान र नगर्नेलाई दण्ड दिइने बताए ।

 

उनले योगदान र कार्यसम्पादनका आधारमा मूल्यांकन हुने पनि बताए । कार्यक्रममा सहभागीहरुले आ–आफ्ना गुनासाहरू राखेका थिए । उनीहरुले राखेका गुनासाको जवाफ दिदै मन्त्री पण्डितले देशको सेवा गर्छु भनेपछि सेवा गर्नै पर्ने बताए ।

 

आफ्नो मात्रै सुविधा हेर्ने र जिम्मेवारी पूरा नगर्ने कुनै पनि कर्मचारीहरूलाई सोही आधारमा मूल्यांकन गरिने बताए । उनले जिम्मेवारीमा खटिएका कर्मचारीहरूले समय काट्ने मात्रै नभएर आफ्नो विज्ञता प्रदर्शन गर्न जरुरी रहेको औंल्याए । 

 

कार्यक्रममा संविधान विज्ञ कासिराज दहाल, प्रदेश सरकारका भौतिक योजना मन्त्री बैजनाथ चौधरी, प्रदेश सरकारका कानुन मन्त्री कुलप्रसाद केसी, प्रमुख सचिव डा. शंकर पाठक, जिसस प्रमुख एकराज विक, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलगायतले बोलेका थिए । 

लालबाबु पण्डित राष्ट्र सेवक कर्मचारी

विशेष