देश

डा. उपेन्द्र देवकोटाकाे स्वास्थ्यमा केही सुधार अायाे

डा. उपेन्द्र देवकोटाकाे स्वास्थ्यमा केही सुधार अायाे

काठमाडौँ । न्यूरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाकाे स्वास्थ्यमा केही सुधार अाएपछि भेन्टिलेटरबाट बाहिर निकालिएको छ । डा. देवकोटालाई शुक्रबार राती भेन्टिलेटरबाट बाहिर निकालिएको न्यूरो अस्पतालले जानकारी दिएको छ ।

 

उनको स्वास्थ्यमा केही सुधार आएको छ । तर डा. देवकोटालाई अहिले पनि सघन उपचार कक्ष, आइसियुमा राखिएको न्यूरो अस्पतालका प्रमुख कार्यकारी अधिकृत वसन्त देवकोटाले बताए ।

 

डा. देवकोटाका बारेमा बाहिर आएका कुरा सबै हल्ला रहेको र उनको उपचार भइरहेको अस्पताल स्राेतले जानकारी दिएकाे छ । डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।

 

स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए । तर त्यहाँ उपचार सम्भाव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने भन्दै गएको वैशाख १५ मा आएका हुन् । त्यसयता उनको न्यूरो अस्पतालमा उपचार हुँदै आएको छ ।

 

डा. देवकोटा पित्त थैलीको क्यान्सरबाट ग्रस्त छन् । उनको कलेजोको भेट्नोमा मासु पलाएको छ । आफूलाई लागेको जटिल रोगको बेलायतमा उपचार गराउँदा पनि सम्भव नभएपछि डा. देवकोटा नेपाल आएका हुन् । उनको कलेजोको भेट्नोमा मासु पलाएको (कोलोन्जियो कार्सीनोमा) । यसको उपचारका लागि उनले बेलायतमा किमो लिएका थिए ।

क्यान्सर न्यूरो अस्पताल डा. उपेन्द्र देवकोटा भेन्टिलेटर

विशेष