स्वास्थ्य

भावनाको नियन्त्रणले शरीर स्वस्थ

भावनाको नियन्त्रणले शरीर स्वस्थ

मानिसको मस्तिष्कमा विभिन्न भावना खेलिरहेका हुन्छन् । रिस, आवेग, माया, मोह, खुसी, दुःख आदि मानिसमा उत्पन्न हुने भाव हुन् । जसलाई स्वाभाविक रूपमा पनि लिइन्छ । जीवनमा आइपर्ने यस्ता कुरालाई मानिसले व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्छ ।

 

 

विश्व स्वास्थ्य संगठनले के भनेको छ भने स्वस्थ मानिसले आफूले आफूलाई कन्ट्रोलमा राख्न सक्छ । यस्ता भावनालाई कन्ट्रोल गर्न नसक्दा भने विभिन्न शारीरिक तथा मानसिक समस्या निम्तिन सक्छ ।

 

सानो कुरामा पनि रिसाउनु, खुसी हुनु मानसिक दुर्बलता हो । यसले शारीरिक, मानसिक दुवै रूपमा असर पार्ने गर्छ । त्यसैले यस्ता कमजोरीलाई बिस्तारै हटाउँदै लैजान आवश्यक हुन्छ ।

 

जीवनमा आइपर्ने सामान्य आवेग, माया, मोहजस्ता भावनालाई नियन्त्रणमा राख्न नसक्दा विभिन्न घटनासमेत घट्न सक्छ । यस्ता भावनालाई नियन्त्रणमा राख्न नसक्दा कुलतमा फस्ने, झैझगडा गर्ने, कसैसँग मिल्न नसक्नेजस्ता समस्या देखा पर्छ ।

 

कतिपय मानिसमा मुटु तथा उच्च रक्तचापको समस्या देखिनु पनि भावनालाई नियन्त्रणमा राख्न नसक्दाको परिणाम हो ।


यसरी बचौँ

रिसलाई नियन्त्रण गर्न विभिन्न जुक्ति अपनाउन सकिन्छ । रिस उठेको समय रिस उठ्ने ठाउँबाट बाहिर निस्कनु नै उत्तम हुन्छ । र, सकेसम्म रिस उठ्ने खालका कामतर्फ अगाडि बढ्नुहुँदैन । सानो कुरामा पनि रिसाउने बानीलाई त्याग्न जरुरी हुन्छ ।

 

बढी खुसी वा अत्यधिक दुःखी हुँदा पनि मानिसको जीवनमा असर पर्न सक्ने भएकाले यस्तो बानीलाई केही हदसम्म नियन्त्रण गर्न सकेमा स्वस्थ रहन सकिन्छ । नयाँ पत्रिकाबाट ।

विश्व स्वास्थ्य संगठन शारीरिक तथा मानसिक समस्या

विशेष