आफ्नो किर्तिमान बराबरी गरेकोमा एमबापेलाई पेलेको बधाई
एजेन्सी । ब्राजिलका फुटबल लिजेन्ड पेलेले कायलिन एमबापेलाई आफ्नो ६० वर्ष पुरानो विश्वकपको किर्तिमान बराबरी गरेकोमा बधाई दिएका छन् ।अर्जेन्टिनाबिरुद्ध गोल गर्दै १९ वर्षीय एमबापे विश्वकपको खेलमा एकभन्दा बढी गोल गर्ने टिनएजर बने पछि पेलेले उनलाई बधाई दिएका हुन् ।
यसअघि यो उपलब्धि पेले सन् १९५८ को फाइनलमा विश्वकपमा स्वीडेनबिरुद्ध दुई गोल गरेका थिए । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडीको दुई गोलको मद्दतले फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल रह्यो ।
खेललगत्तै पेलेले ट्वीटरमा लेख्दै युवा खेलाडीलाई बधाई दिए । ‘बधाई छ, कायलिन एमबापे,’ उनले लेखेका छन्, ‘यति सानो उमेरमा विश्वकपमा दुई गोल गरेर मलाई राम्रो साथ मिलेको छ ।’
‘अन्य खेलको लागि शुभकामना । ब्राजिलको खेलका लागि बाहेक !,’ उनले ठट्टा गर्दै थपेका छन् । खेलपछि उनले पेलेको किर्तिमान बराबरी गर्न पाउँदा आफू खुसी भएको बताए पनि अहिले नै आफूलाई पेलेसँग तुलना गर्न नमिल्ने बताए । ‘उनको स्थान अर्कै छ,’ एमबापेले भने ।
कायलिन एमबापे लिजेन्ड पेलेCongratulations, @KMbappe. 2 goals in a World Cup so young puts you in great company! Good luck for your other games. Except against??! ?/ Parabéns, Kylian. Marcar 2 gols em uma partida da Copa te coloca em boa companhia! Boa sorte no resto da competição. Exceto contra o ??! https://t.co/DW0XcJF49m
— Pelé (@Pele) June 30, 2018