खेल

विश्वकप सेमिफाइनलमा कुन क्लबका खेलाडी सर्वाधिक ?

विश्वकप सेमिफाइनलमा कुन क्लबका खेलाडी सर्वाधिक ?

काठमाडौं ।  रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप २०१८ को सेमिफाइनल खेल आज राति देखि सुरु हुदैँछ । विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

 

आज राति हुने पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्ने छन । खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुने छ । त्यस्तै विश्वकप प्रतियोगिता अन्तर्गत बुधबार राति पौने १२ बजे इङ्ल्याण्ड र क्रोएसिया आमने सामने हुनेछन् ।

 

सेमिफाइनलअघि चार राष्ट्रका खेलाडीहरू पनि चर्चाका विषय बन्दै आएका छन् । ती मध्ये ५२ जना विभिन्न प्रतिष्ठित क्लबहरुका खेलाडीहरु रहेका छन् । कति एउटै राष्ट्रको लागि खेल्दै छन् भने केही विपक्षीको रुपमा मैदान उत्रिदैछन् ।

 

सेमिफाइनल पुग्ने चार राष्ट्रबाट ९ खेलाडी टाेटनह्यामका रहेकाछन् । त्यस्तै म्यानचेस्टर युनाइटेड, सिटी र चेल्सीमा समान ७ खेलाडी अाबद्ध छन् ।

 

लिभरपुल, बार्सिलाेना र एथ्लेटिकाेका ४–४ खेलाडी रहेका छन् । यता पिएस्जीका पनि ४ खेलाडी सेमिफाइनलमा समावेश छन् भने जुभेन्टस र रियल मड्रिडबाट ३–३ खेलाडीकाे सहभागिता रहेकाे छ ।

टाेटनह्याम

टाेटनह्याममा रहेका ९ खेलाडी मध्ये बेल्जियमका टाेबी एल्डेरविरेल्ड, जान र्भाेटेन्ग्न र मुसा डेम्बेले रहेका छन् । बेल्जियमले अाज राति फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै गरि बेल्जियमकाे विपक्षीमा रहेर टाेटनह्यामकै हुगाे लाेरिस अाज मैदान उत्रिदै छ । यता इङ्ल्याण्डका भने ५ खेलाडी टाेटनह्याममा अाबद्ध छन् । ह्यारी केन, डेले अलि, एरिक डियर, ड्यानि राेस र केरन ट्रिपियर इङ्ल्याण्डका रहेका छ्न् । ह्यारी केन विश्वकप २०१८ का सर्वाधिक गाेलकर्ता रहेका छन् । उनले अहिलेसम्म ६ गाेल गरिसकेका छन् । 

म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेडमा इङ्ल्याण्डका मार्कुस रासफाेर्ड, जेसि लिङगार्ड, अास्ले याेङ र फिलिप जाेन्स रहेका छन् भने बेल्जियमका दुर्इ खेलाडी माेराउने फेलाइनि र राेमेलु लुकाकु रहेका छ्न् । लुकाकु २०१८ विश्वकपमा ४ गाेल गर्दै सर्वाधिक गाेलकाे दाेस्राे स्थानमा छन् । 

म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटीका भिन्सेन्ट काेम्पनी र केभिन डी ब्रुइन विरूद्ध बेन्जामिन मेन्डी अाज राति मैदानमा उत्रिदैछन् । काेम्पनी र ब्रुइन बेल्जियमका हुन् भने मेन्डी फ्रान्सका रहेका छन् । त्यस्तै बाँकी खेलाडी इङ्ल्याण्डका रहेका छन् । फाबियन डेल्फ, केल वाल्कर, जाेन स्टाेन्स र राहिम स्ट्रलिङ पर्सि क्राेसियाविरूद्ध खेल्न तयारी अवस्थामा छन् ।

चेल्सी

चेल्सीबाट खेल्दै अाएका खेलाडी मध्ये बेल्जियमका ३ खेलाडी छन् । थिबाउट काेउरटाेइस, मिचि बाटसुअाइ र एडेन हजार्ड अाज फ्रान्सका एन् जाेलाे कान्टे र अाेलिभियर जेराउडविरूद्ध सेमिफाइनलमा खेल्दै छन् । त्यस्तै इङ्ल्याण्डका ग्यारी काहिल र रूबेन लाेफ्टस चिक रहेका छन् । 

 

चार क्लबकाे विवरण अनुसार सर्वाधिक १५ खेलाडी इङ्ल्याण्डका रहेका छन् । त्यस्तै बेल्जियमका १० खेलाडी छन् भने फ्रान्सका ३ खेलाडी छन् । 

विश्वकप क्लब सेमिफाइनल खेलाडी

विशेष